आइतवार, मंसिर ९ २०८१
मंसिर, ९ गते काठमाडौ । सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित कुलेश्वर आवास माध्यमिक बिद्यालयको ३४औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ। मंसिर ८ गते शनिवार एक भब्य कार्यक्रमका बिच बिद्यालयको ३४औं बार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रम सम्पन्न भएको हो।

बि.सं.२०४६ सालमा स्थापित कुलेश्वर आवास माध्यामिक बिद्यालय तत् समय देउसी भैलो लगाएत विभिन्न कार्यक्रमहरु आयोजना गरि ४९ जना विद्यार्थीहरुलाई लिएर सुरु भएको बिद्यालय ३४ बर्ष पुरा भई ३५औं बर्ष लाग्दै गर्दा करिब १ हजार विद्यार्थी अध्ययन अध्यापन गरिएरहेका छन भने पुर्वाञ्चल बिश्वबिद्धालय अन्तर्गत स्नातक तहमा BIT कार्यक्रम यसै बर्षदेखि पठनपाठन शुरु भएको छ।

३४औं बार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रममा कुलेश्वर आवासका अध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समितिका सदस्य राजु दाहालको सभापतित्व तथा बागमती प्रदेश सांसद नुरज बज्राचार्य प्रमुख अतिथिको रुपमा रहनुभयो । त्यस्तै नेपाल भारत बिकास मैत्रीका अध्यक्ष प्रेम लस्करी, बिद्यालय प्राचार्य मेघराज दुलाल, सह प्राचार्य तथा गुठियार सुरेस सुवेदी, गुठियार तथा कोर्डिनेटर गोपाल प्रसाद दुलाल, समाजसेवी पवन अग्रवाल लगाएत शिक्षक, कर्मचारी तथा अभिभावकहरुको बिशेष उपस्थिति रहेको थियो। उक्त कार्यक्रम बिद्यालयका कोर्डिनेटर तथा साहयक क्याम्पस प्रमुख प्रकाश भण्डारीले संचालन गर्नुभयो।

उक्त कार्यक्रममा साहयक प्रिन्सिपल सुरेस सुवेदी स्वागत मन्तव्य राख्नुभयो भने विद्यार्थीको तर्फबाट कक्षा दशकि छात्रा स्वीकृति दाहाल र अभिभावकको तर्फबाट मञ्जु थापाले स्वागत मन्तव्य दिए। अभिभावक थापाले ठुल्ठुला बिद्यालयहरुको बिचमा नमुना बिद्यालयको रुपमा स्थापित कुलेश्वर आवास मावी शिक्षण सिकाइमा उत्कृष्ट रहेको बताउनुभयो।

बार्षिक उत्सव कार्यक्रममा बोल्दै बिद्यालयका प्राचार्य मेघराज दुलालले भन्नुभयो, "डाँडाको स्कुल बहनेर चिनिने कुनै सुविधा नभएको स्कुल आज भौतिक तथा शैक्षिक रुपमा सु-सम्पम्न छ।" बिद्यालयले निरन्तर हिजो भन्दा आज गुणस्तर र टेक्नोलोजीमा ध्यान दिइरहेको स्नातक तहमा BIT को पढाई शुरुगरेको छ प्राचार्य दुलालले भन्नुभयो । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन ICT Lab, Activity based learning, र डिजिटल कक्षाकोठामा पढ्ने वातावरण साथसाथै पुर्णतः Nonvoilent Communication को विधि प्रयोग गरेको बताउनुभयो ।

प्राचार्य दुलालले विद्यार्थीहरु स्कुलमा मात्रै नभई घरमा समेत पढ्ने वातावरण बनाउनुपर्ने धारणा ब्यक्त गर्नुभयो। उहाँले घर भनेको पहिलो स्कुल हो भन्दै संस्कार सिकाउने कुरामा अभिभावकहरुले ध्यान दिनुपर्ने बताउनुभयो । मैले फि तिरेको छु स्कुल ले गर्नुपर्छ भनेर मात्रै हुदैन भन्ने मनोबिज्ञान गलत भएको भन्दै घरको बाताबरण राम्रो भए बच्चालाई सिक्न सजिलो हुने बताउनुभयो । प्राचार्य दुलालले बुढानिलकण्ठ मोडेलमा संचालित तथा सार्वजनिक शैक्षिक गुठीमा रहेको यस बिद्यालयमा विद्यार्थीहरुबाट अत्यन्तै कम शुल्क लिएर उत्कृष्ट शिक्षा दिइरहेको समेत बताउनुभयो ।

मन्तव्यको क्रममा प्रमुख अतिथि तथा बागमती प्रदेश नुरज बज्राचार्यले सार्वजनिक शैक्षिक गुठी अन्तर्गतको यो बिद्यालय पहिले भन्दा अत्यन्तै राम्रो भएको भन्दै बच्चाहरुको क्षमता आफैले मुल्यांकन गर्नुपर्ने बताउनुभयो। साथै बच्चाहरुले अंक मात्रै नभई सिप कति सिकेको छ, त्यो कुरा महत्वपुर्ण हो भन्दै बच्चाहरुको क्षमतालाई हौसला प्रदान गर्नुपर्ने बताउनुभयो । साथै हाम्रो भविष्य हाम्रो देशमा छ सांसद बज्राचार्यले भन्नुभयो, "नेपालिको पहिचान बिश्व सामु चिनाउ। हाम्रो आ-आफ्नै ठाउमा केही गरौ।

अन्त्यमा कार्यक्रमका सभापति राजु दाहालले कुलेश्वर अवास बिद्यालयले गरेको प्रगतिको प्रशंसा गर्नुभयो। उहाँले अभिभावकलाई इङ्कित गर्दै आफ्नो बच्चाहरुको प्रतिभा आफै हेर्न सक्नुहुन्छ कुनै समस्या भए स्कुलमा गुनासो गर्न सक्नुहुन्छ भन्दै अभिभावकले हरेक महिनामा कक्षा शिक्षक संग आफ्नो बालबालिकाको रिपोर्ट लिनुपर्ने धारणा ब्यक्त गर्नुभयो।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा उत्कृष्ट अभिभावकहरुलाई सम्मान समेत गरेको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न संस्कृति झल्काउने गरि नृत्य, गायन, नाटकहरु प्रस्तुत गरेका थिए। भने आफ्नो बालबालिकाहरुको प्रतिभा देखेर अभिभावकहरु खुसी देखिएका थिए।






