Oct 03 2026 | २०८३, आश्विन १७ गते

सामाजिक संजालको बढ्दो प्रयोगले आएका समस्याबारे विद्यार्थीलाई कानुन सिकाइँदै वालिङ नगरपालिका

सामाजिक संजालको बढ्दो प्रयोगले आएका समस्याबारे विद्यार्थीलाई कानुन सिकाइँदै वालिङ नगरपालिका

  • 526
    SHARES

  • सामाजिक संजालको बढ्दो प्रयोगले आएका समस्याबारे  विद्यार्थीलाई कानुन सिकाइँदै वालिङ नगरपालिका

    मंसिर, ९ स्याङ्जा : सामाजिक सञ्जालको अत्यधिक प्रयोगले विद्यार्थीहरुमा समस्या आएको भन्दै स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका विद्यार्थीहरुलाई सचेतनाका लागि सामाजिक कानुनबारे जानकारी गराइएको छ । पालिकाले माद्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई आधुनिक प्रविधि र यसको प्रयोगबाट आउन सक्ने समस्या लगायतका विषयमा प्रशिक्षण दिइएको हो ।

    पछिल्लो समय सामाजिक सञ्जालको अत्यधिक प्रयोगले समाजमा अत्यन्तै नकारात्मक प्रभाव परेको र विद्यार्थीहरुमा समस्या आएको भन्दै सचेतनाका लागि कार्यक्रम गरिएको बताइएको छ।

    ‘मेरो अधिकार मेरो भविष्य’ अभियानअन्तर्गत गरिएको कार्यक्रममा विद्यार्थीहरुको सक्रिय सहभागीता रहेको थियो । दुई दिनसम्म चलेको कार्यक्रममा विद्यार्थीहरुले सामाजिक सञ्जाल प्रयोग गर्ने समय, सक्रियता, टेलिभिजन हेर्ने समय लगायतका बारेमा आ–आफ्नो भनाइ राखेका थिए ।

    नगर भित्र रहेका १६ विद्यालयमध्ये ११ विद्यालयका कक्षा ८, ९ र १० का एक सय जनाभन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको वालिङ नगरपालिकाका प्रवक्ता तथा वडा नं.१ अध्यक्ष पदमराज गुरुङले जानकारी दिनुभयो। साथै नगरपालिकाले आगामी दिनमा बालबालिका र विद्यार्थी लक्षित कार्यक्रमलाई निरन्तर दिने उहाँले जानकारी दिनुभयो।

    कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले विद्यार्थीहरुको भविष्य राम्रो बनाउन शिक्षक र अभिभावकहरुले विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बालबालिकालाई आफू के गर्दै छु भन्ने जानकारी हुँदैन त्यसैले समयमा नै सचेत बनाउन आवश्यक छ ।” वालिङ नगरपालिकाले कार्यक्रमलाई विद्यालय स्तरमा लैजाने योजना बनाएको छ ।

    images
    आइतवार, मंसिर ९ २०८१०३:१४:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार