बुधवार, मंसिर १२ २०८१
मङ्सिर १२ गते, धनगढी। त्रिभुवन विश्वविद्यालय बाट व्यवस्थापन संकाय अन्तर्गत BBM कार्यक्रममा देशभरि उत्कृष्ट हुन सफल (T.U. Top) कैलाली बहुमुखी क्याम्पसका मेघावी विद्यार्थी धरणीधर भट्टलाई सम्मान गरेकाे छ । कैलाली बहुमुखी क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनले एक समारोहबिच भट्टलाई सम्मान गरेको हो ।
कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत भट्टले ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बिबिएम) कार्यक्रममा देशभरिमै उत्कृष्ट हुन सफल हुनुभएको थियो । भट्टले औसत ३.९५ जिपिए ल्याएर त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा देशभरिमै उत्कृष्ट स्थान हासिल गर्न सफल भएको कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोकबहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार भट्टले पहिलो सेमेस्टरमा ३.८८, दोस्रोमा ३.९६, तेस्रोमा ३.९८, चौथोमा ३.९९, पाँचौंमा ३.९४, छैटौंमा ३.९६, सातौंमा ३.८९ र आठौं सेमेस्टरमा ३.९८ जिपिए प्राप्त गर्नुभएको थियो ।