Jul 27 2026 | २०८३, श्रावण ११ गते

तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी पुरा

तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी पुरा

  • 586
    SHARES

  • तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी पुरा

    मंसिर, १३ गते काठमाडौ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आयोजना गर्न लागेको ‘तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन’ को तयारी पूरा भएको छ।

    प्याब्सन केन्द्रिय समितिको आयोजना तथा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र ब्रिटिस काउन्सिलको सहजीकरणमा मङ्सिर १४ र १५ गते काठमाडौँमा हुन लागेको ‘तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन’को तयारी पूरा भएको प्याब्सन अध्यक्ष डिके ढुंगानाले बताउनुभयो । शैक्षिक सम्मेलनमा शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरु, विद्यालयका संस्थापक प्रिन्सिपलहरु, शैक्षिक निर्देशक र अग्रणी शिक्षकहरु सहभागी हुने अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो।

    काठमाडौँको होटल हायत रिजेन्सीमा हुन लागेको उक्त सम्मेलनमा विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास र शिक्षक–विद्यार्थीको शैक्षिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल गरिने अध्यक्ष ढुङ्गानाले बताउनुभयो।

    यस शैक्षिक सम्मेलनमा फिनल्यान्ड, बेलायत, क्यानाडा, जस्ता शिक्षामा अग्रणी देशहरूबाट प्रतिष्ठित वक्ताहरूले आफ्ना अनुभव र सफल शैक्षिक मोडलहरू प्रस्तुत गर्ने जानकारी दिएको छ। साथै उक्त सम्मेलनमा भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, भारत र भियतनामबाट पनि सहभागिता हुने छ। शैक्षिक सम्मेलनमा सामुदायिक विद्यालयका शिक्षकहरू समेत सहभागी हुने भएकोले नेपालको शिक्षा प्रणालीमा भएको समस्या र सुधार बारे समेत व्यापक छलफल हुने अध्यक्ष ढुङ्गानाको दावी छ।

    दुई दिनसम्म चल्ने यस सम्मेलनमा १२ भन्दा बढी सेसनहरू सञ्चालन हुने बताइएको छन्। ‘विविध शैक्षिक विषयका छलफल, नीतिगत बहस, र विद्यालय सुधारका लागि प्रभावकारी उपायहरूको खोजी गरिनेछ। यसका साथै विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण, र शैक्षिक नेतृत्वको सुदृढीकरणमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिनेछन्’, उनले भने, ‘अन्तराष्ट्रिय स्तरको शिक्षा नेपालमा नै प्रदान गरी नेपालबाट बाहिरिने विद्यार्थी रोक्न र नेपालमा नै विदेशी विद्यार्थी अध्ययन गराई नेपाललाई शैक्षिक गन्तव्य बनाउन पनि सम्मेलनको उद्देश्य रहेको छ।’

    सम्मेलनमा प्रशिक्षार्थी, वक्ता तथा प्रिजेन्टर गरी ४ सय ५० जना सहभागी हुने जानकारी दिइएको छ। यससम्मेलनलाई नेपालको शिक्षा क्षेत्रको एक महत्पवूर्ण कार्यक्रमका रुपमा लिइएको छ।

    images
    बिहिवार, मंसिर १३ २०८११२:१८:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार