बिहिवार, मंसिर १३ २०८१
मंसिर, १३ काठमाडौ । काठमाडौ महानगर, वडा १५ डल्लुमा अवस्थित लिटिलबुद्ध एकेडेमीको राष्ट्रिय सेवा दल (National Cadet Crops /NCC) पहिलो चरणको तालिम सम्पन्न भएको छ।

नेशनल प्याब्सन बागमती प्रदेशका अध्यक्ष एबं स्कुलका संस्थापक प्राचार्य नारायण कर्म कार्कीको सभापतित्वमा, जगदल गण छाउनीका सेनानी सरोज के .सी .को प्रमुख अतिथ्यतामा एक कार्यक्रम आयोजना गर्दै तालिममा सहभागी राष्ट्रिय सेवा दलको पहिलो चरणको तालिम पूरा गर्ने विद्यार्थीहरुलाई दोस्रो चरणको तालिमको लागि बिदाई गरिएको छ।

पहिलो चरणको तालिम सम्पन्न भए पश्चात् राष्ट्रिय सेवा दलमा सहभागी ३६ जना विद्यार्थीहरु मंसिर १६ गते २१ दिनको क्याम्पिङको लागि बर्दिबास जाने भएका छन्। उनिहरुले पहिलो चरणको तालिम ७९ दिन गरेर दोस्रो चरणको लागि बर्दिवास जाने भएका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सेनानी सरोज के.सि.ले तालिममा सहभागी सबै युवा विद्यार्थीहरुलाई बधाई दिदै सामुहिक र संस्थागत तालिममा सिकाइएका कुराहरु ब्यबाहारमा उतार्नुपर्ने बताउनुभयो।

यस्तो तालिमले विद्यार्थीलाई अनुशासित बन्न, नेतृत्व बिकास गर्ने र बिपतको बेला काम गर्ने भावना जागरुक हुने प्रमुख अतिथी तथा नेपाली सेनाका सेनानी सरोज के. सी .ले बताउनुभयो । साथै यो तालिमले राष्ट्रभक्त युवा तयार गर्नलाई पनि ठुलो मद्दत गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

तालिम अवधिमा क्याडेटहरू (Cadets) लाई विभिन्न गतिविधि पिटी, ड्रिल, एरोबिक्स, गन फायरिङ (एसएलआरद्वारा र यसको मर्मतसम्भार), पर्खाल चढ्ने, घोडचढी, पौडी खेल्ने, वक्तृत्वकला, बालुवा मोडेल ब्रिफिङ, सांस्कृतिक कार्यक्रम, खेलकुद जस्ता विभिन्न किसिमका तालिम दिइने भएकोले युवाहरूलाई शारीरिक तथा तन्दुरुस्तीको लागि समेत सघाउ पुर्याउने लिटिलबुद्ध एकेडेमीका प्राचार्य नारायण कार्म कार्किले जानकारी दिनुभयो।

उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक जमदार गणेश चौधरी, कमल रुचाल, धर्मराज बोहोरा तथा दिब्यज्ञान् एकेडमीका भाइस प्रिन्सिपल चतुरभुज महतो, लिटिलबुद्ध एकेडेमीका साहयक प्राधानाध्यापक शंकर घिमिरे लगाएत शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो। साथै उक्त कार्यक्रम दिव्यज्ञान् स्कुलका प्रिन्सिपल तथा नेशनल प्याब्सनका उपाध्यक्ष डम्बर कार्कीले संचालन गर्नुभयो ।


उक्त कार्यक्रममा राष्ट्रिय सेवा दलका विद्यार्थीहरुले डिल प्रदर्शन, खुकरी प्रदशन, जुम्बा एरोविक प्रदर्शन, तेक्वान्डो प्रदर्शन गरेका थिए। उक्त तालिममा ८ देखि १० कक्षासम्मका १४ बर्ष माथिका विद्यार्थीले भाग लिएका छन।
