Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेशनल प्याब्सन नागार्जुन नगरपालिकाले गर्यो एसईई विद्यार्थी मोटिभेसन

नेशनल प्याब्सन नागार्जुन नगरपालिकाले गर्यो एसईई विद्यार्थी मोटिभेसन

  • 778
    SHARES

  • नेशनल प्याब्सन नागार्जुन नगरपालिकाले गर्यो एसईई विद्यार्थी मोटिभेसन

    मंसिर, १८ गते काठमाडौ। नेशनल प्याब्सन नागार्जुन नगरपालिकाले यसबर्ष एसईई दिने विद्यार्थीहरुको लागी मोटिभेसन कार्यक्रम आयोजना गरेको छ। सोमबार सितापाइलाको एक सभाहलमा नागार्जुन नगरपालिका भित्र नेशनल प्याब्सन संग आवद्ध विद्यालयका कक्षा १० का विद्यार्थीहरुलाई मोटिभेसन गरेको हो।

    IMG_2407.JPG

    मोटिभेसन कार्यक्रमम सहभागी विद्यार्थीहरु उक्त कार्यक्रम पश्चात् सकारात्मक धारणा सहित घर फर्किएका थिए। करिब ४ घन्टासम्म हलमा बसेर विद्यार्थीहरुले मोटिभेसन ट्रेनर इश्वर श्रेष्ठका सकारात्मक धारणाहरु सुने। त्यसपश्चात् विद्यार्थीहरु आउने परिक्षाको लागि तयारी गर्ने र परिक्षामा राम्रो परिणाम ल्याउने अभिव्यक्ति दिदै बिदाई भएका थिए।

    IMG_2422.JPG

    उक्त कार्यक्रम नेशनल प्याब्सन नागार्जुनका अध्यक्ष चन्द्र क्षेत्रीको सभापतित्व र नागार्जुन नगरपालिका शिक्षा बिभाग प्रमुख कृष्ण कुवरको प्रमुख अतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा नेशनल प्याब्सन काठमाडौ जिल्ला सचिव तथा पिपुल्स एकेडेमीका प्रिन्सिप रामबाबु सेढाइ, जिल्ला सहसचिव तथा माइलस्टोन युथ इङलिस स्कुलका प्रिन्सिपल शिवराम गिरि, शिक्षा शाखा प्रतिनिधि श्रीकृष्ण रेग्मी लगाएत विभिन्न स्कुलका प्रिन्सिपल, पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

    IMG_2437.JPGIMG_2494.JPGIMG_2403.JPGIMG_2449.JPG

    images
    मंगलवार, मंसिर १८ २०८१०८:४५:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार