Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेसनल प्याब्सन काठमाडौको खेलकुद सप्ताह मंसिर २१ गतेबाट

नेसनल प्याब्सन काठमाडौको खेलकुद सप्ताह मंसिर २१ गतेबाट

  • 647
    SHARES

  • नेसनल प्याब्सन काठमाडौको खेलकुद सप्ताह मंसिर २१ गतेबाट

    मंसिर, १९ गते काठमाडौ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को खेलकुद सप्ताह मंसिर २१ गते देखि हुने भएको छ। नेशनल प्याब्सन काठमाडौ जिल्लाले बुधबार एक पत्रकार सम्मेलन गर्दै मंसिर २१ गते मित्रपार्क स्थित सिफल चौरमा खेलकुद उद्घाटन गर्ने जानकारी दिएको हो।

    नेशनल प्याब्सनले आयोजना गर्ने खेलकुद सप्ताह सातौ संस्मरण हो। खेलकुद उद्घाटनको दिन विभिन्न विद्यालयका करिब दुई हजर विद्यार्थी विद्यार्थीहरुले मार्चपास प्रदर्सन गर्नेछन् । मार्चपासमा सहभागी विद्यालय मध्य प्रथम, द्वितीय, र तृतीयलाई कमशः रु. ५०००/- ३०००/- र २०००/- नगद पुरस्कार समेत प्रदान गरिने छ। मार्चपासमा नेसनल प्याब्सन काठमाडौ जिल्लाका सदस्य विद्यालयका कक्षा ६ गते देखि कक्षा ९ सम्मका विद्यार्थीहरु सहभागी हुनेछन्।

    खेलकुद सप्ताहले विद्यार्थीहरुमा शारीरिक, मानसिक र समाजिक विकासलाई प्रवर्धन गर्दै संस्थागत विद्यालयहरुका बिचमा आपसी एकता, सहकार्य, र मित्रताको भावना विकास हुने नेशनल प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष अमृत खड्काले बताउनुभयो। साथै खेलकुद प्रतियोगिताले यसले क्षेत्रको विकास, सहकार्य र युवा प्रतिभा उजागर गर्ने अध्यक्ष खड्काले बताउनुभयो।

    सप्ताहव्यापी खेलकुदमा विभिन्न विधामा १२० वटाभन्दा बढी विद्यालयले सहभागिता जनाउनेछन् बताइएको छ । खेलकुद प्रतियोगितामा फूटसल, बास्केटबल, कबड्डि र टग अफ वार(डोरितान्ने) खेलहरु खेलाइने खेल संयोजक तथा काठमाडौ जिल्ला उपाध्यक्ष प्रेम कुमार भुजेलले जानकारी दिनुभयो। खेलमा सहभागी टिमका लागि क्रमशः प्रति टिम फुटसलका लागि रु. ४०००/-, बास्केटबलका लागि रु.४००० /-, कबड्डीका लागि रु.३००० /- र तानडोरीका लागि रु. ३०००/- दर्ता शुल्क निर्धारण गरिएको छ।

    नेशनल प्याब्सन काठमाडौ जिल्लाले खेलकुद प्रतियोगितालाई ब्यबस्थित बनाउन विभिन्न उपसमितिहरु निर्माण गरेको छ। जसमध्ये फुटसल खेलको संयोजकका रुपमा गोर्कणेश्वर नगर समितिका अध्यक्ष निराजन आचार्य सहित ३ सदस्य उपसमिति, बास्केटबलका लागि जिल्ला उपाध्यक्ष माधव अधिकारी सहित ३ सदस्य उपसमिति, कबड्डीका लागि एन प्याब्सन काठमाडौं जिल्लाका पूर्व वरिष्ठ उपाध्यक्ष श्याम योन्जन सहित ३ सदस्य उपसमिति र तानडोरी खेलका लागि एन प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष नारायणबाबु तिमल्सिना सहित ३ सदस्य उपसमिति रहेको छन्।

    प्रत्येक विधामा यो खेलकुद सप्ताह सकेसम्म सबैलाई पायक पर्ने स्थानको खोजी गरी तथा विद्यालयहरुमा उपलब्ध भौतिक पूर्वाधारहरुलाई समेत मध्यनजर गरी चारवटै खेलहरू भिन्न भिन्न ठाउँमा सञ्चालन गर्ने योजना अनुरुप फुटसल खेल कमलादीस्थित युनिग्लोब कलेजमा, बास्केटबल कपनको सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलमा र कबड्डी तथा तानडोरी खेल सिनामङ्गलको भीमसेनगोलास्थित श्री आदर्श माध्यमिक विद्यालयमा सञ्चालन गरिनेछ । साथै मंसिर २९ गतेका दिन समापन समारोह सहित खेलकुद सप्ताह समापन तथा पुरस्कार वितरण गरिनेछ । उक्त सप्ताह सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ लाग्ने अनुमान समेत गरिएको छ ।

     

     

    images
    बुधवार, मंसिर १९ २०८१०५:२०:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार