बिहिवार, मंसिर २० २०८१
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलय बल्खुले स्नातक तहमा पहिलो दोस्रो तेस्रो बर्ष सबै विषय पास भएको तर नियमित चौथो बर्षमा २ विषय सम्म अनुत्तीर्ण हुनुभएका विद्यार्थीहरुको लागि मौका परिक्षा दिने व्यवस्था गरेको छ।
स्नातक तह चाैथाे बर्षकाे नतिजामा दुई वटा बिषयमा अनुत्तीर्ण विद्यार्थीहरुले पूरक परीक्षाको लागि मंसिर २६ गतेसम्म परिक्षा फारम भर्न सक्ने छन।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणालीअनुसार मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तह चौथो वर्ष २०८० को वार्षिक परीक्षामा सम्मिलित नियमित परीक्षार्थीहरूले स्नातक तह प्रथम वर्ष, द्वितीय वर्ष, तृतीय वर्षको परीक्षा दिई मिति २०८१/०८/१९ गतेभित्र सबै विषय उत्तीर्ण गरिसकेका तर २०८० सालमा सञ्चालित नियमित चौथो वर्षको परीक्षामा बढीमा दुई विषय मात्र उत्तीर्ण हुन नसकेका (अनुपस्थित भएमा समेत) विद्यार्थीहरूले चौथो वर्षको पूरक परीक्षामा सहभागी हुन मिति २०८१ साल मंसिर २६ गतेभित्र सम्बन्धित क्याम्पसमा आफ्नो परीक्षा आवेदन फाराम भरी बुझाउन सुचित गरेको छ।
