Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन काठमाडौ महानगरको तेस्रो अधिवेशनबाट अध्यक्ष गगन सिंह र सचिव आर.सि. निर्वाचित

प्याब्सन काठमाडौ महानगरको तेस्रो अधिवेशनबाट अध्यक्ष गगन सिंह र सचिव आर.सि. निर्वाचित

  • 759
    SHARES

  • प्याब्सन काठमाडौ महानगरको तेस्रो अधिवेशनबाट अध्यक्ष गगन सिंह र सचिव आर.सि. निर्वाचित

    मंसिर, २२ गते काठमाडौ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौ महानगरको तेस्रो अधिवेशन सम्पन्न भएको छ। शनिवार काठमाडौको बनेश्वरमा भएको तेस्रो अधिवेशन मार्फत अध्यक्षमा गगन सिंह ऐर र सचिव आर.सि. भट्ट निर्विरोध निर्वाचित भएका हुन।

    IMG_3593~2.JPG

    तत्कालीन अध्यक्ष ज्ञान बहादुर श्रेष्ठको सभापतित्वमा भएको अधिवेशनले २१ सदस्यीय समिती निर्बिरोध निर्वाचित गरेको छ।

    IMG_3437.JPG

    अधिवेशनले २१ जनाको कार्यकारी समिती निर्वाचित गरेको छ। जसमध्ये अध्यक्षमा गगन सिंह ऐरि, बरिस्ठ उपाध्यक्ष राजन आचार्य, उपाध्यक्ष रबिन बस्नेत, देबु खड्का फुयाल, सचिव गण्डकी स्कुलका प्रिन्सिपल आर.सि. भट्ट, कोषाध्यक्ष राजेन्द्र थपलिया र सहसचिव निर्मल पौडेल, बाबुराम गौतम, निलिमा बिनाडी पन्त र सह-कोषाध्यक्ष धन प्रसाद आइदेम्बे रहेका छन्। त्यसैगरी महानगर सदस्यमा अन्य ११ जना सदस्य रहेका छन्।

    IMG-20241207-WA0722.jpg

    अधिवेशनमा काठमाडौ जिल्ला प्याब्सनका अध्यक्ष प्रेम कुमार राई प्रमुख अतिथिको रुपमा रहनुभयो। साथै केन्द्रिय सचिव शम्भु पोखरेल, बागमती प्रदेशको बरिस्ठ उपाध्यक्ष मुरारी प्रकाश सन्जेल, बागमती प्रदेश सह-सचिव जीवन पन्थी, काठमाडौ जिल्ला प्याब्सनका पदाधिकारीहरु, काठमाडौ जिल्लाका ११ वटा नगरका नगरप्रमुखहरु लगाएत प्याब्सन सम्बन्ध स्कुलका संचालकहरुको विशेष उपस्थिति रहेको थियो।

    अधिवेशन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन मन्डल जसमध्ये प्रमुख निर्वाचन आयुक्त प्याब्सनका जिल्ला सचिव सुदर्शन थापा, सह-कोषाध्यक्ष डिएन अधिकारी र कृष्ण भन्डारी रहनुभएको थियो। अधिवेशनबाट निर्वाचित टिमलाई प्रमुख निर्वाचन आयुक्त सुदर्शन थापाले सफत ग्रहण गराउनुभयो। 

    IMG_3627.JPGIMG_3547.JPGIMG_3431.JPGIMG_3406.JPGIMG_3414.JPGIMG_3398.JPGIMG_3403.JPGIMG_3397.JPGIMG_3417.JPGIMG_3559.JPG

    images
    शनिवार, मंसिर २२ २०८१०९:१२:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार