Jul 27 2026 | २०८३, श्रावण ११ गते

जुबिलेन्ट कलेजले गर्यो विद्यार्थीलाई स्वागत तथा बिदाई

जुबिलेन्ट कलेजले गर्यो विद्यार्थीलाई स्वागत तथा बिदाई

  • 935
    SHARES

  • जुबिलेन्ट कलेजले गर्यो विद्यार्थीलाई स्वागत तथा बिदाई

    मंसिर, २३ काठमाडौ । काठमाडौ महानगरपालिका वडा १३ कालिमाटीमा अवस्थित जुबिलेन्ट कलेजले विद्यार्थीलाई स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ। गत शुक्रवार कलेजले राष्ट्रिय नाचघरमा एक भव्य कार्यक्रमका बीच कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास आउट भएका विद्यार्थीहरुलाई बिदाई गरेको हो।

    IMG_3014.JPG

    कार्यक्रमको संचालन कलेजका कोर्डिनेटर बिनय अर्यालले गर्नुभयो। कलेजका अध्यक्ष होमनाथ लुइँटेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा कलेजका सल्लाहकार तथा एसोसियट प्रोफेसर डा. स्वागत श्रेष्ठको उपस्थिति रहेको थियाे । त्यसैगरी धुर्व थापा, सब इन्स्पेक्टर अर्जुन श्रेष्ठ, एमबिबिएस छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी अनुराधा चौधरी, प्रिन्सिपल ऋषि प्रसाद न्यौपाने, शैक्षिक निर्देशक डा.रुमी चन्द, बोर्ड मेम्बर संगिता श्रेष्ठ लगाएत बिभागीय प्रमुख, निर्देशक, शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

    IMG_2899.JPG

    स्वागत तथा बिदाई कार्यक्रमका प्रमुख अतिथि तथा कलेजका सल्लाहकार डाक्टर स्वागत श्रेष्ठले जिवनमा के गर्ने र के बअन्ने भन्ने सोचले घोचिरहेको हुन्छ। मानिस मर्दा खेरी के के भएको होस भन्ने चाहन्छ? त्यो प्रश्नको उत्तर आफुले लगेको बाटो ठिक छ कि छैन ? आफुले गर्दै गरेको कर्म ठिक छ कि छैन, घोत्लिएर सोच्दै आफुले आफ्नो मुल्यांकन आफै गर्नुपर्ने र त्यो अनुरुप मिहेनत गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो। बताउनुभयो । साथै उहाँले पढेर मात्रै जिवनको लक्ष हासिल गर्न सकिने धारणा ब्यक्त गर्नुभयो।

    IMG_20241206_212352.png

    मन्तव्यकै क्रममा प्रिन्सिपल ऋषि प्रसाद न्यौपानेले हरेक अभिभावकको लागि सबैभन्दा ठूलो आफ्नो बच्चा हुन्छ र आफू हारेर समेत आफ्नो बच्चाको सफलता हेर्न चाहन्छ र दोस्रो एउटा शिक्षकले हरेक पटक आफ्नो विद्यार्थी सफल भएको देख्न चाहन्छ। त्यसैले विद्यार्थी आफू सफल हुन मिहेनत पुर्वक पढ्न सुझाव दिनुभयो।

    IMG_3246.JPG

    मिहेनत गरेर पढ्यो भने सफल भइन्छ। ब्यबहारिक पक्षहरु सुधार गर्दै पठनपाठनमा जोड् दियो भने सफल भइन्छ। प्रिन्सिपल न्यौपानेले भन्नुभयो अवको १० बर्ष पछि तपाईं आफ्नै अफिसमा काम गरेको कल्पना गर्दै पढ्नुस्। देशमै केही उद्धम गरेको सोच्दै मइहेनत गर्नुस्। । त्यसैगरी कक्षा १२ पास गरेर जाने विद्यार्थीहरुलाई जुबिलेन्टबाट पास भएर जाने विद्यार्थीहरुको सफलताको श्रेणी उच्च रहेको भन्दै त्यसलाई कायम राख्न र सधैँ विद्यार्थी बनिरहन र सधैँ केही न केही सिकिरहन सुझाव दिनुभयो। स्वागत तथा बिदाई कार्यक्रम बिशेष गरी विद्यार्थी केन्द्रित भएकोले विद्यार्थीले आफ्नो प्रतिभाहरु खुलाउने हरेक प्रस्तुतिले गर्व महसुस हुने बताउनुभयो।

    IMG_2893.JPG

    त्यस्तै कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष डा. होमनाथ लुइटेलले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्दै आगामी २ बर्षको मिहेनतले भविश्यमा आफुले देखेको सपना पूरा हुने भन्दै पढाइमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै कक्षा १२ पास भएर जाने विद्यार्थीहरुलाइ उनिहरुले दुई बर्ष मिहेनत गरे बमोजिम सफल हुने भन्दै आगामी भविष्यको शुभकामना दिनुभयो।

    IMG_3303.JPG

    त्यसैगरी, अत्यन्तै उत्कृष्ट सफलता एमबिबिएसमा पुर्ण छात्रवृत्ति प्राप्त गर्ने छात्रा अनुराधा चौधरी र पुर्व विद्यार्थी सबइन्स्पेक्टर अर्जुन श्रेष्ठ, बिपिएचमा पुर्ण छात्रवृत्ति प्राप्त गर्ने छात्रा सिमा पोखरेललाई बिशेष सम्मान सहित अभिनन्दन गरिएको थियो ।

    IMG_3257.JPG

    कार्यक्रममा कक्षा १२ पास भएर बिश्वबिद्यालय शिक्षाको लागि बिदाई हुने विद्यार्थीहरुलाई कलेजले टोकन अफ लभ दिएर अभिनन्दन गरेको थियो। स्वागत तथा विदाई कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक गायन, प्रहसन तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

    IMG_3040.JPGIMG_3019.JPGIMG_3108.JPGIMG_2905.JPG

    IMG_3292.JPG

    images
    आइतवार, मंसिर २३ २०८१०९:३७:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार