सोमवार, मंसिर २४ २०८१
मंसिर, २४ गते काठमाडौ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) किर्तिपुर नगरपालिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। आइतबार किर्तिपुरको एक रिसोर्टमा भएको तेस्रो अधिवेशन मार्फत अध्यक्षमा रबि भण्डारी निर्विरोध निर्वाचित भएका हुन।

तत्कालीन अध्यक्ष रबि भण्डारीको सभापतित्वमा भएको अधिवेशनले ६ सदस्यीय नगर समिती अध्यक्ष - रबि भण्डारी, सचिव हरेराम अधिकारी, कोषाध्यक्ष बुद्ध महर्जन, सदस्यद्वय सविता महर्जन र कृष्ण उपाध्याय र्बेक जना मनोनित सदस्य रहेका छन्। प्याब्सनले १ देखि २५ विद्यालय संख्या भएको नगरमा ५ जना सम्मको कार्यकारी समिती निर्माण गर्न सकिने नियम बमोजिम सानो संख्यामा कार्यकारी समिती घोषणा गरिएको जिल्ला प्याब्सन अध्यक्ष प्रेम कुमार राई ले बताउनुभयो ।

अधिवेशनमा किर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णमान डंगोल, बिशेष अतिथी काठमाडौ जिल्ला प्याब्सनका अध्यक्ष प्रेम कुमार राई, किर्तिपुर नगरपालिकाका वडा १ र ४ का नव निर्वाचित अध्यक्ष क्रमशः इच्छा कुमार महर्जन, राजेन्द्र बानिया, बागमती प्रदेशको बरिस्ठ उपाध्यक्ष मुरारी प्रकाश सन्जेल, प्याव्सन केन्द्रका प्राज्ञिक परिषद सदस्य तथा प्याब्सन नगर कार्यसमितिका वरिष्ठ सल्लाहकार शमहेश श्रेष्ठ, प्याब्सन केन्द्रका प्राज्ञिक परिषद सदस्य तथा प्याब्सन नगर कार्यसमिति, कीर्तिपुरका सल्लाहकार डा. लाक्पा शेर्पा, प्यब्सन काठमाडौका जिल्लाका पदाधिकारीहरु, काठमाडौ जिल्लाका ११ वटा नगरका नगरप्रमुखहरु लगाएत प्याब्सन सम्बन्ध स्कुलका संचालकहरुको विशेष उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम नगर सचिव हरेराम अधिकारीले संचालन गर्नुभयो। अधिवेशन उद्घाटनमा बोल्दै प्रमुख अतिथि तथा किर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णमान डंगोलले सामुदायिक र संस्थागत विद्यालयलाई संगसंगै लैजाने धारणा ब्यक्त गर्नुभयो।

अधिवेशन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन मन्डल गठन गरिएको थियो जसमध्ये प्रमुख निर्वाचन आयुक्त प्याब्सनका जिल्ला उपाध्यक्ष सुर्य बहादुर भण्डारी, सह-कोषाध्यक्ष ॐ प्रसाद ढकाल र कृष्ण भण्डारी रहनुभएको थियो। अधिवेशनबाट निर्वाचित टिमलाई प्रमुख निर्वाचन आयुक्त सुर्य बहादुर भण्डारीले सफत ग्रहण गराउनुभयो।

