Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षा विधेयकमा बालविकास सहजकर्ताका माग सम्बोधन गर्न शिक्षामन्त्रीको ध्यानाकर्षण

शिक्षा विधेयकमा बालविकास सहजकर्ताका माग सम्बोधन गर्न शिक्षामन्त्रीको ध्यानाकर्षण

  • 852
    SHARES

  • शिक्षा विधेयकमा बालविकास सहजकर्ताका माग सम्बोधन गर्न शिक्षामन्त्रीको ध्यानाकर्षण

    मंसिर, २५ गते काठमाडौ। प्रारम्भिक बालविकास सहजकर्ता (इसिडी) को माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको ध्यानाकर्षण गरेका छ्न। बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को दरबन्दी कायम र विद्यालय शिक्षा विधेयक–२०८० यथाशीघ्र जारी गराउन चितवनकी शिक्षक रेखा रानाभाटसहितको शिक्षकहरुको टोलिले ध्यानाकर्षण गराएका हुन्।

    बिगत लामो समयदेखि बालविकास सहजकर्ताको हकहितमा आवाज उठाउँदै आएकी चितवनकी शिक्षक रेखा रानाभाटले प्रारम्भिक बालविकास सहजकर्ताको दरबन्दी कायम गराउन र शिक्षा विधेयक संसद्बाट यथाशीघ्र पारित गराउन शिक्षामन्त्री सकारात्मक रहेकी जानकारी दिइन्। प्रारम्भिक बालविकास सहजकर्तालाई दरबन्दीमा कायम गराउने र सहयोगी कार्यकर्ताहरूलाई शिक्षक बनाउनेमा मेरो भूमिका रहनेछ र शिक्षा ऐन ल्याउनको लागि आजको दुई महिनाभित्रमा म र शिक्षा समितिले पहिला सचेतकहरूसँग, दोस्रोमा बुद्धिजीवी वर्ग र कानुनविद्हरूसँग र अन्तिममा शिक्षक महासंघलगायत विविध शिक्षकहरूसँग छलफल गर्नेगरी मितिसमेत तोक्ने निर्णय भइसकेको छ भन्ने जानकारी शिक्षामन्त्री दिएको उनले जानकारी दिइन्।

    पछिल्लो समय शिक्षकहरूले विधेयकमा आफ्ना हकअधिकार सुनिश्चित गराउन नेता तथा सांसदहरूलाई दबाब दिइरहेका छन्। आइतबार (२३ मंसिर) शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक बसेको थियो। कोरम नपुगेका कारण बैठक स्थगित गरिएको थियो।

    images
    मंगलवार, मंसिर २५ २०८१०७:३३:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार