Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षकलाई लाञ्छित र अपमानित गर्ने काम बन्द गर: नेपाल शिक्षक महासंघ

शिक्षकलाई लाञ्छित र अपमानित गर्ने काम बन्द गर: नेपाल शिक्षक महासंघ

  • 546
    SHARES

  • शिक्षकलाई लाञ्छित र अपमानित गर्ने काम बन्द गर: नेपाल शिक्षक महासंघ

    मंसिर, २५ गते काठमाडौ। शिक्षकलाई लाञ्छित र अपमानित गर्ने काम बन्द गर्न नेपाल शिक्षक महासंघले चेतावनी दिएको छ।

    महासंघको राष्ट्रिय समितिले एक बिज्ञपति जारी गर्दै विद्यालय शिक्षा ऐन संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेकोबेला कतिपय जिम्मेवार पदाधिकारीबाट विद्यालयका शिक्षा र त्यहाँ कार्यरत शिक्षकलाई लाञ्छित र अपमानित गर्ने खालका अभिव्यक्तिहरु सार्वजनिक भएको प्रती यस्ता कार्य नगर्न चेतावनी दिएको हो।

    बिज्ञप्तिमा भनिएको छ, विद्यालय शिक्षा, शिक्षक तथा कर्मचारीलाई लान्छित र अपमानित गर्ने गरी अभिव्यक्ति नराख्न हामी सम्बन्धित पदाधिकारीको ध्यानाकर्षण गराउँछौं । साथै नेपाल सरकार र ने.शि. महासङ्घ बीच भएका सहमतीको सम्बोधन हुने गरी सुझाव सहित विधेयकलाई शीघ्रातीशीघ्र संसदमा पठाउन समेत महासंघले आग्रह गरेको छ । अन्यथा नेपाल शिक्षक महासङ्घ कठोर आन्दोलनमा जाने कुरा समेत जानकारी दिएको छ।

    FB_IMG_1733802152639.jpg

    images
    मंगलवार, मंसिर २५ २०८१०९:४२:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार