मंगलवार, मंसिर २५ २०८१
काठमाडाैँ- विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई शिक्षक मान्ने या सहजकर्ता भन्ने विषय कार्यदलले टुंग्याउने भएको छ। शिक्षा मन्त्री बिद्या भट्टराईले यस बिषयमा चाँसो राख्दै बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का बिषयबारे कार्यदलले टुङ्याउने टंग्याउने जानकारी दिएकी हुन।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले सरकारले विधेयक पेश गरिसकेकोले समितिले बनाएको खाकाको आधारमा अन्तिम धारणा दिने बताएकी छन्।
‘शिक्षक के हो ? भन्ने परिभाषा छैन। १८ प्रकारका शिक्षक छन्। शिक्षकको टिओआर दिन सकेको छैन। कानुनी आधारमा शिक्षक कस्तो हुने? भन्नको लागि पनि ऐन चाहिएको छ’ उनले भनिन् ‘विद्यालय, शिक्षा र शिक्षक कस्तो हुने भन्ने ऐनमा हुनुपर्छ। मन्त्रालयले मस्यौदा दिइसक्यो। मन्त्रालयले दिने धारणा अन्तिममा दिन्छ। माननीयको बिचारको आधभारमा निष्कर्षमा पुग्नुपर्छ। मन्त्रालयले के तयार गर्नु पर्ने हो तयारी अवस्थामा बस्छौँ।’ उनले भनिन्, 'इसीडी कस्तो हुने ? इसीडीको शिक्षकलाई शिक्षक मान्ने कि ? सहजकर्ता मान्ने ? भन्ने विषय शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दिपक शर्माको संयोजकत्वमा बनेकाे कार्यदलले चाडै टुंगाे लगाउछ।