मंगलवार, मंसिर २५ २०८१
मंसिर, २५ गते काठमाडौ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) टोखानगर समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ। सोमबार बसुन्धारा स्थित वेभ हस्पिटालिटीको हलमा भएको तेस्रो अधिवेशन मार्फत अरुण कुमार के.सि. निर्विरोध निर्वाचित भएका हुन।
तत्कालीन अध्यक्ष टंक कुमार चापागाईंको सभापतित्वमा भएको अधिवेशनले ७ सदस्यीय नगर समिती जसमा अध्यक्ष - अरुण कुमार के.सि., उपाध्यक्ष महेश पाण्डे, सचिव डिल्लिराम ढुङ्गेल, कोषाध्यक्षमा दिपेन्द्र थापा, सदस्यमा दिनेश श्रेष्ठ, शिव थापा, रोशन कट्टेल रहेका छन्।
अधिवेशनमा टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ, बिशेष अतिथी काठमाडौ जिल्ला प्याब्सनका अध्यक्ष प्रेम कुमार राई, बागमती प्रदेशको बरिस्ठ उपाध्यक्ष मुरारी प्रकाश सन्जेल, सल्लाहकार तथा काठमाडौ ग्लोबल स्कुलका प्रिन्सिपल मनोज आचार्य, काठमाडौ जिल्ला प्याब्सन वरिष्ठ उपाध्यक्ष नवराज भट्ट, सुर्य बहादुर भण्डारी, रिता राई (दाहाल), सचिव सुदर्शन थापा लगाएत पदाधिकारी, प्यब्सन काठमाडौका जिल्लाका पदाधिकारीहरु, काठमाडौ जिल्लाका ११ वटा नगरका नगरप्रमुखहरु लगाएत प्याब्सन सम्बन्ध स्कुलका संचालकहरुको विशेष उपस्थिति रहेको थियो।
अधिवेशन उद्घाटनमा बोल्दै प्रमुख अतिथि तथा टेखा नगरपालिकाका उपमेयर मुरारी तामाङले सामुदायिक र संस्थागत विद्यालयलाई संगसंगै लैजाने धारणा ब्यक्त गर्नुभयो।
अधिवेशन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन मन्डल गठन गरिएको थियो जसमध्ये प्रमुख निर्वाचन आयुक्त कोषाध्यक्ष श्री आर. बि. अधिकारी तथा निर्वाचन आयुक्तहरू द्वय सह-सचिब श्री अनिल पराजुली र सह- कोषाध्यक्ष श्री डि. एन.अधिकारी रहनुभएको थियो। अधिवेशनबाट निर्वाचित टिमलाई प्रमुख निर्वाचन आयुक्त आर.बि. अधिकारीले सफत ग्रहण गराउनुभयो।