Jul 27 2026 | २०८३, श्रावण ११ गते

निजी विद्यालयले व्यापार गर्न मिल्दैन, शिक्षकले राजनीति गर्न हुँदैन: पुर्व उपकुलपति माथेमा

निजी विद्यालयले व्यापार गर्न मिल्दैन, शिक्षकले राजनीति गर्न हुँदैन: पुर्व उपकुलपति माथेमा

  • 536
    SHARES

  • निजी विद्यालयले व्यापार गर्न मिल्दैन, शिक्षकले राजनीति गर्न हुँदैन: पुर्व उपकुलपति माथेमा

    मंसिर२६ गते काठमाडौं । त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले निजी विद्यालयले व्यापार गर्न नमिल्ने धारणा ब्यक्त गरेका छन्। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बोल्दै माथेमाले यस्तो धारणा ब्यक्त गरेका हुन्।

    संविधानमा समाजवाद उन्मुख भनिरहेको बेला निजीलाई के गर्ने भन्ने प्रश्न उनले गरे। ‘प्राइभेट स्कुललाई व्यापार गर्न दिने कि नदिने ?,’ उनले प्रश्न गरे ।

    त्यसैगरी पुर्व उपकुलपति माथेमाले शिक्षकले राजनीतिमा लाग्दै शैक्षिक गुणस्तरमा असर परेको बताएका छन् । ‘शिक्षामा राजनीति भयो । उनले भने यसले विद्यालयको क्षमतामा असर गरेको छ । चुनावमा जाने हो भने शिक्षक त्यागेर जानुपर्छ’। सार्वजनिक विद्यालयका शिक्षकको तलब सेवा सुविधा भएर पनि शिक्षकको ‘पर्फमेन्स’ राम्रो नरहेको उनले बताए ।

    माथेमाले विद्यालय ट्रस्टबाट चलाउनु पर्ने धारणा उनले राखे । साथै सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई बलियो बनाउनु पर्ने उनको भनाइ छ । हाल विद्यालय शिक्षा विधेयकमा समितिले विज्ञसँग राय सुझाव लिइ रहेको छ ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार