Jul 27 2026 | २०८३, श्रावण ११ गते

कृषि तथा वन विज्ञान विश्वविद्यालय

गुटगत राजनीतिक खिचातानीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त !

गुटगत राजनीतिक खिचातानीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त !

  • 1.9K
    SHARES

  • गुटगत राजनीतिक खिचातानीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त !

    चितवन, गुटगत झगडा र राजनीतिक खिचातानीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त भएको छ ! बिभिन्न राजनीतिक समूह प्राध्यापक र बिद्यार्थी संगठनहरुको तालाबन्दीको कारण पठनपाठन र बिश्वबिधालय का नीति निर्माण गर्ने कुरा ठप्प छ ।

     पुस पहिलो साताबाट केन्द्रीय कार्यालय र डीनका कार्यालयमा तालाबन्दी छ आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन । 

    विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, डीनलगायतका महत्वपूर्ण पदमा नियुक्ति भई सके पनि निर्देशक, परीक्षा नियन्त्रक, सहायक डीनलगायतका पदका लागि हानथाप परेको छ । 

    बिश्वबिधालय विभिन्न शैक्षिक डिपार्टमेन्ट कार्यालयमा पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक सङ्गठन, प्रगतिशील कर्मचारी सङ्गठन र नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घले तालाबन्दी गरेका छन् ।

    विश्वविद्यालयमा असोज ९ गते प्रा डा पुण्यराज रेग्मी उपकुलपति नियुक्तिपछि विश्वविद्यालयमा निरन्तर जसो तालाबन्दी रहेको छ । उनीहरुले उपकुलपतिको राजीनामासहितका माग राखेर तालाबन्दी गरेका हुन् ।

    उपकुलपति रेग्मीले विवादको समाधान गर्न नसकेका कारण विश्वविद्यालय दिन प्रतिदिन खस्कँदै गएको त्यहाँ कार्यरत प्राध्यापक बताउँछन् । विश्वविद्यालयभित्रकै प्राध्यापकलाई उपकुलपति बनाउन नसक्दा बाहिरबाट आउनेले वास्ता नगरेकै कारण विश्वविद्यालय अस्तव्यस्त बनेको उनीहरूको भनाइ छ ।

    यता विश्वविद्यालयका कृषि सङ्कायका डीन जयप्रकाश दत्तले समस्या समाधान गरेर विश्वविद्यालयका प्रशासनिक काम अघि बढाउने प्रयास भइरहेको जानकारी दिए । उनले भने  पठनपाठन र परीक्षाका काम भने रोकिएको छैन ।

    विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्राडा सूर्यकान्त घिमिरे जुन उद्देश्यका साथ विश्वविद्यालय स्थापना भएको हो त्यसअनुसार पदाधिकारीले काम नगर्दा विश्वविद्यालयनै विघटनमा जाने हो की भन्ने चिन्ता बढेको बताउँछन् ।

    उनले भने, “सत्ता पक्षका व्यक्तिको आपसी गुटबन्दीका कारण विश्वविद्यालय तहसनहस भयो ।” सरोकारवालाले ध्यान दिनुपर्ने उनको भनाइ छ । कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने उद्देश्यले विसं २०६७ मा सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन निर्माण गरी यो विश्वविद्यालय स्थापना गरेको हो ।

    हाल समेत तालाबन्दी भैरहेपनि पूर्वमाओवादी निकट राष्ट्रिय कर्मचारी सङ्गठन र पूर्व स्वीकृत ज्यालादारी कर्मचारीले लगाएका ताला भने खुलेको छ। -रासस

     

    images
    शनिवार, फाल्गुण १५ २०७७०८:४६:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार