बुधवार, मंसिर २६ २०८१
मंसिर २६ गते काठमाडौ । काठमाडौ महानगरपालिका वडा १३, सोल्टिमेड स्थित काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले विद्यार्थीहरुलाई स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। सोमवार कमलादीस्थित प्रज्ञा भवनमा एक भब्य कार्यक्रमका बिच नयाँ विद्यार्थीलाई स्वागत तथा कक्षा १२ पास भएर गएका विद्यार्थीहरुलाई बिदाई गरेको हो।

स्वागत तथा अभिनन्दन कार्यक्रममा स्कुल/कलेजका फाउडर प्रिन्सिपल तथा अध्यक्ष मनोज थापाले सभापतित्व गर्नुभयो, भने पुर्व उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ प्रमुख अतिथिको रुपमा उपस्थिति रहेको थियो । कलेजका एकेडमीक डाइरेक्टर टंकप्रसाद गैरे, कलेजका प्लानिङ हेड महेस घर्ती, कलेजका आर्थिक निर्देशक राहुल यादव, स्कुलका भाइस प्रिन्सिप राजकुमार श्रेष्ठ लगाएत शिक्षक कर्मचारीहरुको उपस्थिती रहेको थियो।

उक्त कार्यक्रमको औपचारिक समारोह कक्षा ११ र १२ का कोर्डिनेटर राजन श्रेष्ठले संचालन गर्नुभयो। कार्यक्रममा कलेजको तर्फबाट एकेडमी डाइरेक्टर टंक प्रसाद गैरेले स्वागत मन्तव्य दिनुभयो।

कार्यक्रममा कलेजका फाउडर प्रिन्सिपल तथा अध्यक्ष मनोज थापाले कक्षा ११ मा भर्ना भएर आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै कक्षा १२ पास भएर गएका विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिनुभयो। उहाँले विद्यार्थीहरु कक्षा १२ पड्ने बित्तिकै बिदेश जाने प्रचलन रहेको भन्दै सकेसम्म आफ्नै देशमा पढ्न र मिहेनत गर्न सुझाव दिनुभयो।

विद्यार्थीहरुलाई हरेक समयमा गतिशील भएर अघि बढ्न सक्नुपर्छ भन्दै, उहाँले संकटको परीक्षा धैर्यताले दिन्छ र देशलाई संकट परेको बेला युवाविद्यार्थीहरु निराश नहुनेमा जोड दिनुभयो। त्यसैगरी प्रिन्सिपल थापाले कलेजले Knowledge, Creativity & Discipline मुख्य नारा बनाएको बताउँदै , ज्ञानलाई सिर्जनामा बदल्ने र सिर्जना गरेको कुरालाई अनुसाशित ढंगले लागू गर्नुपर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रममा पुर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले मन्तव्य दिनुभयो । उहाँले विद्यार्थीहरु कक्षा १२ पढ्दै बिदेश जाने प्रचलन गलत भएको भन्दै हाम्रो देशमा उद्धम्गरेर बस्न सुझाव दिनुभयो । तपाइहरुको भविस्य नेपालमै छ। श्रेष्ठले भन्नुभयो, 'हाम्रा कलिला छोराछोरोलाई बिदेश पठाएर बाउआमा रमाउने काम नगरौ। शिक्षा र स्वस्थ्यलाइ निशुल्क गरौ। गोबिन्द केसिको नियत ठिक रहेन छ। उनले गरेको आन्दोलनको कारण विद्यार्थीहरु बाहिरिए। हाम्रा कलिना नानिबाबुहरु बिदेश गए।' उहाँले भन्नुभयो।

स्वागत तथा बिदाई कार्यक्रममा काठमाडौ कलेज अफ सेन्ट्रक स्टेटले कक्षा ११ र १२ को नतिजामा टप GPA राम्रो नतिजा ल्याउने ब्यबस्थापन, बिज्ञान, ल, मानविकी संकायका ४ /४ जना विद्यार्थीहरुलाई पदक र प्रमाणपत्र सहित सम्मान गरेको थियो। जसमध्ये कानुन संकायका मन्जुरी रिजाल, सपना राई र पुर्णिामा राई, मानविकी तिर मनिस कटुवाल, प्रजिन शाही बिज्ञान संकाय तर्फ प्रज्वल सुवेदी, निङ्मा तामाङ, आरधना श्रेष्ठ, ब्यबस्थापन तर्फ सागर के.सि. रुबिना दर्नाल, प्रसिद्ध दवाडी, सुनिता गोलेलाई पुरस्कार सहित अभिनन्दन गरिएको थियो। साथै अन्य पास भएर गएका विद्यार्थीहरुलाई मायाको चिनो साहित्य सम्मान गरिएको थियो। कलेजले उत्कृष्ट दुइजना शिक्षकलाई प्रमाणपत्र सहित सम्मान गरेको थियो।

स्वागत तथा बिदाइ कार्यक्रमको दोश्रो सत्रमा विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुले आफ्नो कला र साँस्कृतिक नृत्य तथा गायनबाट आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए।










