शनिवार, मंसिर २९ २०८१
मंसिर, २९ गते काठमाडौ। त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह २०८१ साल पुस १३ गते काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला आयोजना गरिने भएको छ।
समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ-आफ्नो गाउन/स्कार्फ टोपी पहिरी बिहान १०:०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने र Seating Arrangement अनुसार तोकिएको स्थानमा बसिसक्नुपर्ने जानकारी दिएको छ । विद्यावारिधि (Ph.D.) र दीक्षान्त पदक/पुरस्कार प्राप्त गर्नुहुने विद्यार्थीहरू सबभन्दा अगाडिको Row मा आफ्नो नाम तोकिएको सिटमा बस्नुपर्नेछ।
दीक्षान्त समारोहमा भाग लिन Online फर्म भर्दा प्राप्त गरेको Gown Collection Form ल्याउनुपर्नेछ । समारोहको दिन २०८१/९/१३ गते गाउन/स्कार्फ टोपी समारोह स्थलबाट वितरण नगरिने भएकोले उपरोक्त तोकिएको मितिभित्रै गाउन/स्कार्फ टोपी अनिवार्य रूपमा लिइसक्नुपर्नेछ। दिक्षान्तसमारोहमा सहभागी हुन मिति २०८१ साल पुस ५ गतेदेखि पुस ११ गतेसम्म (बिदाको दिन समेत) गाउन/स्कार्फ लिनसक्ने छन्।
समारोहमा भाग लिन आउने विद्यार्थीहरूमध्ये छात्रहरूले आफूखुशी पोशाकमा कोट, पाइन्ट, टाई र भादगाउँले टोपी सहित त्रि.वि.ले उपलब्ध गराएको गाउन/स्कार्फ टोपी । तथा छात्राहरूले औपचारिक पोशाक वा साडी, ब्लाउजमा र त्रि.वि.ले उपलब्ध गराएको गाउन/स्कार्फ टोपी लगाउनुपर्ने छ।
विद्यार्थीहरुले प्रमाणपत्र लिनका लागि Online फर्म भर्दा प्राप्त गरेको Ceremony Slip ल्याउनुपर्नेछ । प्रमाणपत्र वितरण दशरथ रङ्गशालाको उत्तरपट्टि श्री नेपाली सैनिक प्रधान कार्यालयस्थित प्रमाणपत्र वितरण काउन्टरबाट गरिनेछ, साथै विद्यार्थीलाई प्राप्त SMS अनुसार तोकिएको काउन्टरमा सम्पर्क राख्नुपर्नेछ ।
दीक्षान्त समारोहमा उपस्थित भएका तर सो दिन प्रमाणपत्र लिन नभ्याएका र भाग लिन आवेदन दिई भाग लिन नसकेका विद्यार्थीहरूले पछि त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, रेकर्डस् तथा प्रमाणपत्र महाशाखा, बल्खु (कोठा नं. ३) वाट प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।
