Jul 27 2026 | २०८३, श्रावण ११ गते

रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बनाउने शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने

रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बनाउने शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने

  • 582
    SHARES

  • रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बनाउने शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने

    मंसिर, २९ गते काभ्रे। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताउनु भएको छ। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताउनुभएको हो।

    FB_IMG_1734184676227.jpg

    ‘अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढङ्गले जब दिने शिक्षातर्फ अघि बढेका छौँ, यसका निम्ति काठमाडौ विश्वविद्यालय लगाएतका नेपालमा भएका विश्वविद्यालय नमुनाका रूपमा अघि बढिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले विद्यार्थीलाई पढाइसँगै रोजगारीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमुना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गर्नुभयो ।

    FB_IMG_1734184668916.jpg

    प्रधानमन्त्री ओलीले प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताउनुभयो । उहाँले सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने बताउनुभयो । “विद्यार्थीको आचारण, नैतिकता र सोच सकारात्मक हुनुपर्छ” उहाँले दीक्षित विद्यार्थीतर्फ इङ्गित गर्दै भन्नुभयो, “विद्यार्थी मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र म्यानरतावादी हुनुपर्छ, सफताका लागि अझ परिस्कृति म्यानर मिसाउनुपर्छ ।”

    उहाँले विद्यार्थीले विश्वविद्यालयको प्रतीष्ठा र मर्यादा माथि जानेगरी आफुले प्राप्त गरेको बिज्ञतालाई कार्य क्षेत्रमा प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले अध्ययन जीवनपर्यन्त चलिरहने भएकाले अध्ययनको काम केही बर्ष, कुनै तहमा नसकिने बताउनुभयो । “मान्छे नमरेसम्म उसको अध्ययनको काम सकिन्न, बाचुँन्जेल अध्ययनको काम चलिरहन्छ” उहाँले थप्नुभयो, “मान्छेले आफुलाई व्यबहारिक रुपमा अघि बढाउँदै लैजानुपर्छ ।” 

    FB_IMG_1734182521816.jpg

    उहाँले युवालाई रोजगारी दिने हैन रोजगारी सिर्जना गर्ने शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले जनवायु परिवर्तन लगायतको कारण नेपालका हिमालहरु कालापत्थरमा परिणत हुँदैगएको बताउँदै वातारणीय न्यायका लागि सरकार लागिरहेको बताउनुभयो । केयुले आफ्नो स्थापनाकालदेखि नै नेपालको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दैआएको बताउनुभयो । 

    समारोहमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका निर्देशक प्राडा. टिएन सिंहले भारत र नेपालबिच अत्यन्त राम्रो सम्बन्ध रहेको बताउनुभयो । उहाँले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी र केयुबिच शैक्षिक कार्यक्रमका लागि सम्झौता भएको बताउनुभयो । उहाँले आफूले सिकेका सीपलाई व्यबहारमा लागू गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । 

    FB_IMG_1734182532336.jpg

    कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा. भोला थापाले विश्वविद्यालयले समयसापेक्ष विभिन्न नयाँ कार्यक्रमहरु अघि बढाएको बताउनुभयो । समारोहमा स्कुल अफ आर्ट्स, स्कुल अफ एजुकेशन, म्यानेजमेन्ट, इन्जिनियरिङ, मेडिकल साइन्सेज, साइन्सका एक हजार २५६ विद्यार्थी दीक्षित भएका थिए

    images
    शनिवार, मंसिर २९ २०८१०७:३४:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार