आइतवार, मंसिर ३० २०८१
मंसिर, ३० गते काठमाडौ। त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ संकायका डीन नियुक्त गरेको छ। विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले ८ वटा संकायका डीन नियुक्त गरेको हो ।
विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राडा द्विविनन्द ढकाल, इन्स्टिट्युट अफ मेडिसिनको डीनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानको डीनमा डाक्टर किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायको डीनमा प्राडा बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानको डीनमा डाक्टर ठाकुर सिलवाल, व्यवस्थापन संकायको डीनमा प्राडा महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानको डीनमा सुशिल बहादुर ब्रर्जाचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनमा प्राडा शंकर खनाल नियुक्त भएका छन्।
त्यस्तै विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको छ। बैठकले योजना निर्देशनालयका निर्देशकमा डाक्टर लंक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डाक्टर राजेन्द्र कुँवर र व्यवहारिक विद्दान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्राडा मिनाराज भण्डारी नियुक्त गरिएको छ ।