Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि डिन नियुक्ति भ्रम र वास्तविकता: दबाबका बाबजुत मेरिटोक्रेसी लागू

त्रिवि डिन नियुक्ति भ्रम र वास्तविकता: दबाबका बाबजुत मेरिटोक्रेसी लागू

  • 825
    SHARES

  • त्रिवि डिन नियुक्ति भ्रम र वास्तविकता: दबाबका बाबजुत मेरिटोक्रेसी लागू

    मंसिर, ३० काठमाडौ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दबाबका बाबजुत मेरिटोक्रेसीका आधारमा डिन नियुक्त गगरेका छन्। छनोट समितिबाट सिफारिस भएका तीन जना मध्यबाट एक जना डिन नियुक्ति गरिएको उपकुलपति कार्यलयले जनाएको छ।

    बाहिर हल्ला गरे अनुरुप मेरिटोक्रेसी मिचेर डिन नियुक्त गर्यो भन्ने कुरा झुट हो,। स्रोतले भन्यो, 'केही मान्छेहरु शुरूवातदेखि नै उपकुलपति नरुचाएको र उहाँलाई असफल बनाउन लागिपरेको छन। उनिहरु दलको ठूलो झोला बोकेर हिडेका छन र आफ्नो भनेको नपरेसी त्यस्तो हल्ला गर्दै हिडेका छन् जुन सत्य होइन। 'भदौ १७ मा गरेको खुला विज्ञापनमा आवेदन दिएका मध्येबाट आठ जना डीन र तीन जना निर्देशक छनोट गरेको हो उनले भने।'

    विश्वविद्यालयको आठ डीन, निर्देशकहरु, ७९ जनाले आवेदन दिएका थिए । जसमध्ये आठ जना डीनको लागि ६३ र निर्देशकको लागि १६ जनाले आवेदन दिएका थिए ।

    FB_IMG_1734274447323.jpg

    शिक्षा विकास तथा अनुसन्धान केन्द्र सेरिडमा एक पदको लागि आठ र योजना निर्देशकमा आठ जनाले आवेदन दिएका थिए । उनिहरुलाई विश्वविद्यालयको कार्यकारी परिषद्ले छनोट समिति बनाएर कार्ययोजना प्रस्तुती, अन्तरवार्ताको प्रक्रियाबाट सर्टलिष्ट निकालेको थियो । उनीहरु मध्येबाट मेरिट भन्दा पनि योग्य व्यक्ति छनोट गरेको हो । पदाधिकारी मध्ये अब क्याम्पस प्रमुख छनोटको चरण सुरु उनले भने।

    कार्यकारी परिषद्को शनिबार बसेको बैठकले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा प्रा.डा.मोहनराज शर्मा, इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा प्रा.डा.सुशीलबहादुर बज्राचार्य, व्यवस्थापन संकायमा प्रा.डा.महानन्द चालिसे, मानविकी तथा सामाजिक शास्त्र संकायमा प्रा.डा.दुविनन्द ढकाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा. किशोरचन्द्र दाहाल, शिक्षा शास्त्र संकायमा प्रा.डा. वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा.ठाकुर सिलवाल र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा.शंकर खनाललाई नियुक्त गरेको हो । त्यस्तै सेरिडमा डा.राजेन्द्र कुँवर, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रमा प्रा.डा. मिना राजभण्डारी र त्रिवि योजना निर्देशनालयमा डा.लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ । 

    यस अघि रेक्टर र रजिष्ट्रार नियुक्ति गर्न ९० भन्दा बढीले आवेदन दिए पनि उपकुलपति बरालले सत्तारुढ र विपक्षी दलसँग अडान लिएर आफुले रोजेकै व्यक्तिलाई नियुक्ति दिलाएका थिए । तत्कालिन समयको प्रमुख प्रतिपक्षी दल एमालेले आफु निकटका प्राध्यापक संघका अध्यक्षलाई नियुक्ति गर्न दबाब दिएको भए पनि तत्कालिन शिक्षा मन्त्री सुमना श्रेष्ठ र उपकुलपति बरालले लिएको अडान अनुसार नै रेक्टरमा प्रा.डा. खड्ग केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाललाई नियुक्ति गरिएको थियो । 

    images
    सोमवार, पौष १ २०८१०८:२२:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार