सोमवार, पौष १ २०८१
काठमाडौ। नेपाल स्वास्थ्य शिक्षा संघ (HEAN)ले विद्यालय तहमा अनिवार्य स्वास्थ्य शिक्षा विषय लागु गर्न भन्दै ज्ञापनपत्र बुझाएको छ। नेपाल स्वास्थ्य शिक्षा संघ (HEAN) को प्रतिनिधि मण्डलले मन्त्री भट्टराईसंग विद्यालयमा स्वास्थ्य तथा शारीरिक शिक्षाको विषय राख्ने सम्बन्धमा संघ छलफल गरी ज्ञापन पत्र पेश गरेको हो।
छलफलका क्रममा प्रतिनिधि मण्डलले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गरी स्वास्थ्य शिक्षा विषय राख्ने, स्वास्थ्य तथा शारिरिक शिक्षालाई कक्षा १ देखि १२ सम्म अनिवार्यरूपमा समावेश गर्ने बिषयमा छलफल गरेको बताइएको छ। साथै विद्यालय स्वास्थ्य कार्यक्रमलाई शिक्षा ऐनमा समावेश गरिदिने, प्रत्येक विद्यालयमा एक स्वास्थ्य शिक्षकको व्यवस्था गर्ने र आधारभूत र माध्यमिक तहमा स्वास्थ्य शिक्षकको दरबन्दी सिर्जना गर्ने लगायतका सुझावहरू पेश गरेको छ।