मंगलवार, पौष २ २०८१
काठमाडौ। सेवा सुविधाको माग राखेर आन्दोलनरत त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कर्मचारीहरूले उपकुलपति (भीसी) कार्यालय अगाडि धर्ना दिएका छन् । ५ गतेसम्म नियमित १ घण्टा धर्ना दिने त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले बताए ।
कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने माग कर्मचारीहरुको छ । नेपाल स्वास्थ्य सेवा ऐन अनुसार त्रिभुवन विश्वविद्यायमा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तरवृद्वि गर्नुपर्ने, रिक्त दरबन्दीमा विज्ञापन खुलाउनु पर्ने माग पनि कर्मचारीको छ ।