Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ: सांसद श्रेष्ठ

त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ: सांसद श्रेष्ठ

  • 564
    SHARES

  • त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ: सांसद श्रेष्ठ

    मंसिर, ३ गते काठमाडौ। पुर्व शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री तथा प्रतिनिधि सभा सदस्य सु्मना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी छन। सांसद श्रेष्ठले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा उच्चस्तरीय समितिको उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएकि हुन् ।

    पूर्व शिक्षा मन्त्री तथा सांसद सुमना श्रेष्ठले कुलपतिको हैसियतमा रहेका प्रधानमन्त्रीलाई समेत प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा निम्त्याएर छलफल गर्नुपर्ने माग राखिन्।  ‘अशोक राइज्यू शिक्षामन्त्री हुँदा हालका मन्त्रीज्यू र म नै सांसद थियौँ। हामीले त्यतिबेलै उच्च शिक्षाबारे छलफल गर्न कुलपतिज्यूलाई बोलाउँ भनेका थियौँ। अहिले त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदनबारे छलफल गर्न पनि कुलपतिज्यूलाई निम्त्याउनुपर्छ।’ - सांसद श्रेष्ठले भनिन् ।

    त्रिविको दर्जनौँ रोपनी जग्गा विश्वविद्यालयकै पूर्व पदाधिकारी र केही राजनीतिक व्यक्तिहरूको संःग्नातामा हिनामिना गरिएको गुनासो आएपछि गत जेठ १७ गते नेपाल सरकारले तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको प्रस्तावमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको थियो। त्रिविको जग्गामा कतै नीजि घर बनाइएको त कतै नीजि स्कुल र पेट्रोल पम्प चलाइरहेको समाचार आउने गरेका थिए।                                                                                                  

    images
    बुधवार, पौष ३ २०८१०७:३४:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार