Oct 03 2026 | २०८३, आश्विन १७ गते

स्याङ्जाको काजिमान हरिटीका माविमा बृहत् विज्ञान प्रदर्शनी

स्याङ्जाको काजिमान हरिटीका माविमा बृहत् विज्ञान प्रदर्शनी

  • 485
    SHARES

  • स्याङ्जाको काजिमान हरिटीका माविमा बृहत् विज्ञान प्रदर्शनी

    युवराज पौडेल- ५ पुस, स्वाङ्जा। स्याङ्जाको काजिमान हरिटीका माध्यमिक विद्यालयमा बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । बिहिबार भएको विज्ञान प्रदर्शनीमा काजिमान माविका विद्यार्थीहरुले विज्ञान र प्रविधिसँग सम्बन्धी विभिन्न सामग्री र प्रोजेक्टहरु प्रस्तुत गरेका थिए ।

    1734659621471.jpg

    उक्त मेलामा बोल्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले पुतलीबजारका सबै स्कुलले काजिमानको विज्ञान प्रदर्शनीबाट सिक्नुपर्ने बताउँदै काजिमानका विद्यार्थीका प्रस्तुतिहरुबाट आफू प्रभावित भएको बताउनुभयो।

    1734659624511.jpg

    कार्यक्रममा बोल्दै विद्यालका प्रधानाध्यापक ऋषिराम शर्माले विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुको उत्साहपूर्ण सक्रियता चासो र रुचिले आफूलाई पनि उत्साहित बनाएको बताउँदै वातावरण पाए विद्यार्थीले गर्न सक्छन् भन्ने प्रमाणित भएको बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई अनुप श्रेष्ठले अवसर पाए सरकारी विद्यालयका विद्यार्थी पनि महान् वैज्ञानिक बन्न सक्ने बताउँदै काजिमानका विद्यार्थीका प्रस्तुतिहरुले आफूलाई निकै खुसी बनाएको धारणा व्यक्त गर्नुभयो ।

    विद्यालय व्यवस्थापन समितिका सदस्य सोम कुँवर, स्थानीय समाजसेवी कुमबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका विद्यार्थीद्वय खुसी पौडेल र प्रोमिस ढकालले गरेक थिए ।

    1734659636199.jpg

    उक्त प्रदर्शनीमा पुतलीबजार नगरपालिकाका एक दर्जनभन्दा बढी विद्यालयका करिब ७ सय भन्दा बढी विद्यार्थीहरुले २६ वटा स्टल अवलोकन गरेका थिए ।

    विज्ञान प्रदर्शनीका लागि रोबोटिक्स क्लब पश्चिमाञ्चल इन्जिनियरिङ कलेजले सहयोग गरेका थिए । #बिद्यालय

    images
    शुक्रवार, पौष ५ २०८१०७:४९:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार