Jul 27 2026 | २०८३, श्रावण ११ गते

सामुदायिक विद्यालयले विद्यार्थीबाट कुनैपनि शीर्षकमा शुल्क नलि नपाउने

सामुदायिक विद्यालयले विद्यार्थीबाट कुनैपनि शीर्षकमा शुल्क नलि नपाउने

  • 737
    SHARES

  • सामुदायिक विद्यालयले विद्यार्थीबाट कुनैपनि शीर्षकमा शुल्क नलि नपाउने

    काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिन सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ। अनुगमनका क्रममा विद्यालयहरूले किताब, पोसाक, खाजा, अतिरिक्त कक्षा लगायतका विभिन्न शीर्षकमा विद्यालयले शुल्क लिने गरेको गुनासाेपछि महानगरले कुनै पनि शीर्षकमा शुल्क नलिन विद्यालयहरूलाई निर्देशन दिएको हाे।

     संविधानले निःशुल्क तथा अनिवार्य शिक्षा भनेको र २०७५ मा बनेको अनिवार्य तथा निःशुल्क शिक्षा ऐनलाई महानगरले कार्यान्यन गर्न लागेको हो। ऐन कार्यान्वयन गर्न निःशुल्क गरेका हौँ,’ सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले भने। आगामी सोमबारदेखि महानगरका विद्यालयमा त्रैमासिक परीक्षा सञ्चालन हुँदैछ। यो परीक्षाको सम्पूर्ण खर्च समेत काठमाडौ महानगरपालिकाले गर्ने भएको छ।

    ‘सामुदायिक विद्यालयको कक्षा ४ देखि १० सम्मका द्वितीय त्रैमासिक परीक्षाको कार्यतालिका देहायबमोजिम भएको बेहोरा जानकारीका लागि अनुरोध छ। सोही कार्यतालिका बमोजिम परीक्षाको तयारी गर्नु/गराउनु हुन अनुरोध छ ,’ महानगरको सूचनामा भनिएको छ। महानगरपालिकाको शैक्षिक क्यालेन्डर बमोजिम त्रैमासिक तथा वार्षिक परीक्षाको प्रश्नपत्र विकास, छपाई तथा वितरण कार्यमा एकरूपता कायम गर्न महानगरले व्यवस्थापन गर्ने पत्रमा भनिएको छ।

    ‘परीक्षा गुणस्तरीय बनाउन महानगरले एकरूपता कायम गर्न लागेको हो,’ झाले बताए। काठमडौँ महानगरले सबै खर्च बेहोर्ने भएपछि विद्यालयले भाडामा लगाएको सटर बन्द गर्ने अभियान चलाएको छ। झाका अनुसार ३२ वटा विद्यालयले ३१८ सटर सञ्चालन गरेका छन्। जसमध्ये २७७ वटा सटर महानगरले बन्द गरेको छ। दुई वटा भवन पनि विद्यालयले भाडामा लगाएको पाइएको छ। ‘विद्यालयको आन्तरिक स्रोत सटर रहेछ। सबै खर्च महानगरले गर्ने भएपछि सटर बन्द गर्न लागाएका हौँ,’ झाले भने, ‘विद्यालयलाई पैसा अपुग भयो भने महानगरले दिन्छ।’

    images
    शुक्रवार, पौष ५ २०८१०७:०७:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार