Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविका समस्या पहिचान गरी समाधानको उपायसहित प्रस्ताव ल्याउन प्रधानमन्त्रीद्वारा आग्रह

त्रिविका समस्या पहिचान गरी समाधानको उपायसहित प्रस्ताव ल्याउन प्रधानमन्त्रीद्वारा आग्रह

  • 418
    SHARES

  • त्रिविका समस्या पहिचान गरी समाधानको उपायसहित प्रस्ताव ल्याउन प्रधानमन्त्रीद्वारा आग्रह

    पुस ७ गते, काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक भएको छ । आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा त्रिवि सभाका सदस्यहरुसंग अनौपचारिक बैठक तथा छलफल भएको हो।

    करिब तीन घन्टा भएको अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपायबारे छलफल गरेका थिए। बैठकका क्रममा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको समस्या पहिचान गरी समाधानको उपायसहित प्रस्ताव ल्याउन पदाधिकारीलगायत सभाका सदस्यहरुसमक्ष अनुरोध गरेका छन्।

    साथै प्रधानमन्त्री ओलिले सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकार भएका पक्षसाग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषयहरु प्रस्तावका रुपमा ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका थिए।

    छलफलमा कुलपति ओली सहित सहकुलपति तथा शिक्षामन्त्री विद्या भट्टराई, उपकुलपति केशरजंग बराल, रेक्टर खडग केसी, रजिष्ट्रार केदार रिजालसहित डिनहरु, प्राध्यापक, विद्यार्थी, कर्मचारी प्रतिनिधि सहभागी थिए ।

    यसअघि मंसिर २७ गते कीर्तिपुरमा भएको त्रिविको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्यबीचको दूरी बढेको महसुस भएपछि कुलपति ओलीले विस्तृत छलफल गर्न भन्दै अनौपचारिक छलफल डाकेका थिए । सहभागीहरुको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले पर्याप्त गृहकार्य र एक प्रकारको सहमति भएपछि औपचारिक बैठकमा प्रस्ताव ल्याउन आग्रह गरे ।

    images
    सोमवार, पौष ८ २०८११२:१७:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार