सोमवार, पौष ८ २०८१
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चन्द्रागिरि नगर समितीको तेस्रो अधिवेशनबाट अध्यक्षमा सराेज महर्जन निर्वाचित भएका छन् । आइतबार नैकापको एक पार्टी प्यालेसमा सम्पन्न प्याब्सन चन्द्रागिरि नगरकाे तेस्रो नगर अधिवेशनले महर्जनको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन गरेको हाे ।

तत्कालीन अध्यक्ष दिपक महर्जनको सभापतित्वमा भएको तेस्रो अधिवेशनले सर्वसम्मत रुपमा ८ सदस्यीय नगर समिती जसमा अध्यक्ष, सरोज महर्जन (अध्यक्ष), बालकृष्ण भेट्वाल (उपाध्यक्ष ), प्रमोद जि. सी. ( सचिब ), कृष्णहरि बस्नेत (काेषाध्यक्ष ), पूर्ण कुमार महर्जन (सदस्य), रामजी प्रसाद पोखरेल ( सदस्य ), मिलन गुरुङ्ग ( सदस्य ), यशोदा श्रेष्ठ ( सदस्य ) रहेका छन्।

अधिवेशन सम्पन्न गर्न दुई सदस्यीय निर्वाचन मन्डल गठन गरिएको थियो जसमध्ये प्रमुख निर्वाचन आयुक्त काठमाडौ जिल्ला उपाध्यक्ष रिता राई दाहाल, सह- कोषाध्यक्ष डि. एन.अधिकारी रहनुभएको थियो। अधिवेशनबाट निर्वाचित टिमलाई प्रमुख निर्वाचन आयुक्त रिता राई दाहालले सफत ग्रहण गराउनुभयो।
अधिवेशन प्याब्सन काठमाडौं अध्यक्ष प्रेमकुमार राईकाे प्रमुख अतिथ्यतमा भयो। भने उहाँकौ उपस्थितिमा उपस्थितिमा प्याब्सन चन्द्रागिरि नगरका नवनिर्वाचित पदाधिकारीहरुलाई आइतबार नै जिम्मेवारी हस्तान्तरण गरिएको छ ।