Oct 03 2026 | २०८३, आश्विन १७ गते

मनलाग्दी रूपमा भ्रम सृजना गर्ने खालकाे सन्देश प्रवाह नगर्न शैक्षिक परामर्श व्यवसायीलाई निर्देशन।

मनलाग्दी रूपमा भ्रम सृजना गर्ने खालकाे सन्देश प्रवाह नगर्न शैक्षिक परामर्श व्यवसायीलाई निर्देशन।

  • 432
    SHARES

  • मनलाग्दी रूपमा भ्रम सृजना गर्ने खालकाे सन्देश प्रवाह नगर्न शैक्षिक परामर्श व्यवसायीलाई निर्देशन।

    पुस, ८ गते काठमाडाैँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति प्राप्त शैक्षिक परामर्श व्यवसायीले मनलाग्दी रूपमा भ्रम सृजना गर्ने खालकाे सन्देश प्रवाह नगर्न निर्देशन दिएकाे छ। मन्त्रालयले एक सूचना जारी गर्दै सामाजिक मूल्य मान्यताको प्रतिकुल तथा समाजमा विसंगती र विकृति सृजना हुन थालेकाे र नेपालमा केही पनि गर्न सकिदैन भन्ने जस्ता सन्देश प्रवाह हुने गरी प्रचारप्रसार भएकोले यस्ताे कार्य नराेके दर्ता नै खारेज गर्ने मन्त्रालयले चेतावनी दिएकाे हाे।

    मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ (संशोधन सहित) को दफा (४) को अधिनमा रही दफा (५) बमोजिम शैक्षिक परामर्श सेवा वा पूर्वतयारी कक्षा वा भाषा शिक्षण कक्षा सञ्चालनको अनुमति प्राप्त गरेका संस्थाहरुले सोही निर्देशिकाको दफा ७ (१) बमोजिमका शर्तहरु अनिवार्य रुपमा पालना गर्न मन्त्रालयले  निर्देशन गरेकाे छ। 

    अन्यथा संस्थालाई दिएको स्वीकृति निर्देशिकाको दफा (६) बमोजिम रद्ध गरी दफा (१५) बमोजिम अन्य प्रचलित कानुन अनुसार समेत कारवाही गर्ने  मन्त्रालयले जारी गरेकाे सूचनामा उल्लेख छ।

    IMG_20241223_194548.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार