मंगलवार, पौष ९ २०८१
काठमाडौ। काठमाडौको कलंकीमा अवस्थित लर्निङ रियलम इन्टरनेशनल (एलआरआई) स्कुलको पाँचौं बिज्ञान तथा औधोगिक प्रदर्शनी (5th LRI SCIENCE, SOCIETAL, AND INDUSTRIAL EXHIBITION) सम्पन्न भएको छ। सोमबार कक्षा ११ र १२ का विद्यार्थीहरुले आयोजना गरेको एक दिने अन्तर-विद्यालय स्तरीय बिज्ञान तथा औधोगिक प्रदर्शनी समन्न गरेको हो।

स्कुलला प्रिन्सिपल डा. देबकान्त जोशिको सभापतित्व तथा राष्ट्रिय परिक्षा बोर्डका अधिकृत रेशम भुसालको प्रमुख अतिथ्यतामा प्रदर्शनी उद्घाटन गरेको थियो। उद्घाटन समारोहमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अधिकृतले विज्ञान तथा प्रविधिको विकास र विस्तार गरी मुलुकलाई समृद्ध बनाउन सकिने बताए ।

उक्त कार्यक्रममा बोल्दै प्रिन्सिपल देवकान्त जोशिले विद्यालयले विद्यार्थीहरूलाई विज्ञानसम्बन्धी गतिविधिमा सहभागी गराउन वार्षिक रूपमा प्रदर्शनी आयोजना गर्ने गरेको बताउनुभयो। कक्षाकोठा बाहिर पनि विद्यार्थीले थुप्रै सिक्छन्। कोठाभित्रै सीमित गराउनुभन्दा विज्ञानका विषय अभ्यास गराउँदा उनीहरूले बुझ्छन् भनेर हामीले यस्ता आयोजना गर्दै आएका उहाँले भन्नुभयो।

विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्नको निम्ति र विद्यार्थीहरुको आविस्कार गर्ने क्षमता वृद्धि होस भनेर आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले बताउनुभयो।
विद्यार्थीको नवीनतम आविष्कारलाई सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको कार्यकारी निर्देशक दिपक जोशिले बताउनुभयो। विज्ञान तथा प्रविधिको क्षेत्रमा फड्को मार्नेहो भने देशभित्र विद्यालय स्तरीय विज्ञान प्रविधिमूलक शैक्षिक वातावरण तयार गर्नुपर्ने र त्यसको लागी विद्यालयले जोड दिने बताउनुभयो।

प्रदर्शनी उद्घाटन समारोहमा विद्यालय ब्यबस्थापन अध्यक्ष एसरेखा पन्त लगाएत शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो। उक्त प्रदर्शनी हेर्न काठमाडौका विभिन्न २५ भन्दा बढी विद्यालयका ५ हजार भन्दा बढी विद्यार्थीहरुले अवलोकन गरेका थिए। बिहान १०:०० बजे देखि शुरुभएको शैक्षिक प्रदर्शनी दिउँसो ३:०० बजे समापन भएको थियो।



यसअघि (एलआरआई) स्कुलले डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२४ प्राप्त गरेको थियो । शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको आइसिटी अवार्ड २०२४ ग्राण्ड फिनाले कार्यक्रममा काठमाडौंको एलआरआई स्कुललाई डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२४ प्रदान गरिएको थियो।


