Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षामन्त्री भट्टराईले गरिन् विद्यालय अनुगमन

शिक्षामन्त्री भट्टराईले गरिन् विद्यालय अनुगमन

  • 419
    SHARES

  • शिक्षामन्त्री भट्टराईले गरिन् विद्यालय अनुगमन

    पुस,१० गते काठमाडौ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जोरपाटी स्थित श्री खगेन्द्र नवजीवन विशेष माध्यमिक विद्यालय, ललितपुरको न्यु मिलिनियम स्कुल र बुढानीलकण्ठको इम्पेरियल वर्ल्ड स्कुलको अनुगमन गरेकी छन् । विद्यालयको शैक्षिक अवस्था, शिक्षण सिकाई, पाठ्यक्रमको प्रभावकारिता र कार्यान्वयनको अवस्थाका बारे जानकारी लिने उदेश्यले अनुगमन गरेकी हुन् ।

    Screenshot_2024-12-25-07-08-44-02_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    विद्यालय अनुगमनका क्रममा विद्यार्थीहरूले नेपालको विद्यालय शिक्षा सुधारमा मन्त्रीका योजनाका बारेमा प्रश्न गरेका थिए । साथै विद्यार्थीहरूले सैद्धान्तिक पढाई भन्दा प्रयोगात्मक तथा व्यवहारिक शिक्षा आफुहरूलाई आवश्यक रहेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेको थिए ।

    मन्त्री भट्टराईले निरीक्षणका क्रममा कक्षाकोठामा पुगेर पाठ्यक्रमको अभ्यास, पाठ्यक्रममा देखिएका समस्या, अध्ययन गर्दै गर्दा भोगेका समस्या तथा सिकाईका बारेमा विद्यार्थीहरूसँग सोध्नु भएको थियो । सो क्रममा विद्यार्थीहरूले नेपालको विद्यालय शिक्षा सुधारमा मन्त्रीका योजनाका बारेमा प्रश्न गरेका थिए ।

    FB_IMG_1735090936590.jpg

    सो क्रममा विद्यार्थीहरूले नेपालको विद्यालय शिक्षा सुधारमा मन्त्रीका योजनाका बारेमा प्रश्न गरेका थिए ।साथै विद्यार्थीहरूले सैद्धान्तिक पढाई भन्दा प्रयोगात्मक तथा व्यवहारिक शिक्षा आफुहरूलाई आवश्यक रहेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेको थिए ।

    श्री खगेन्द्र नवजीवन विशेष माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफूहरूलाई व्यवहारिक शिक्षा चाहिएकोले तालिमको पनि व्यवस्था गरिदिन माग गरेको थिए ।अवलोकन पछि मन्त्री भट्टराईले विशेष शिक्षाका बारेमा राज्यले छुट्टै अवधारणा बनाएर विद्यार्थीहरूको सिकाईमा ध्यान दिनुपर्ने र त्यसबारे आफूले विशेष पहल गर्ने बताउनुभयो ।

    FB_IMG_1735090934076.jpg

    त्यसैगरी संस्थागत विद्यालय र सामुदायिक विद्यालयबिच ज्ञान तथा शिक्षण सिकाईको आदान प्रदान गर्नुपर्ने, प्रोग्रेसिभ एजुकेशनको अवधारणालाई सबै विद्यालयमा लैजान आवश्यक रहेको र विद्यार्थीहरूलाई समान शिक्षा दिनुपर्नेे बताउनुभयो । आगामी दिनमा अन्य सामुदायिक विद्यालय पनि अवलोकन गर्ने मन्त्री भट्टराईको भनाई छ ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार