Oct 03 2026 | २०८३, आश्विन १७ गते

काठमाडौँ ग्लोवल स्कुलद्वारा तेस्रो विषयगत प्रदर्शनी २०८१ भव्य रूपमा सम्पन्न

काठमाडौँ ग्लोवल स्कुलद्वारा तेस्रो विषयगत प्रदर्शनी २०८१ भव्य रूपमा सम्पन्न

  • 1.2K
    SHARES

  • काठमाडौँ ग्लोवल स्कुलद्वारा तेस्रो विषयगत प्रदर्शनी २०८१ भव्य रूपमा सम्पन्न

    काठमाडौँ।  काठमाडौँ ग्लोवल स्कुलले " तेस्रो विषयगत प्रदर्शनी २०८१" भव्य रूपमा सम्पन्न गरी आफ्नो शैक्षिक गतिविधिको उत्कृष्टता प्रदर्शन गरेको छ। गत हप्ता कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुको सक्रियता तथा उत्साहजनक सहभागितामा प्रदर्शनी सम्पन्न गरेको हो।

    IMG-20241225-WA0071.jpg

    यो प्रदर्शनीले नेपाली, अङ्ग्रेजी, विज्ञान, सामाजिक, गणित, र कम्प्युटरजस्ता विविध विषयका अवधारणाहरूलाई व्यावहारिक र सिर्जनात्मक रूपमा उजागर गरेको थियो। भने वास्तवमा प्रदर्शनीको रौनकपन अविस्मरणीय रह्यो ।

    IMG-20241225-WA0059.jpg

    तेस्रो विषयगत प्रदर्शनीको उद्घाटन टोखा नगरपालिका वडा नं १० का वडाध्यक्ष मचाकाजी महर्जन र विद्यालयका संस्थापक प्रधानाध्यापक मनोज आचार्यले संयुक्त रूपमा गर्नुभएको थियो। विशेष अतिथिका रूपमा टोखा नगरपालिका शिक्षा शाखाका प्रमुख बाबुराम गौतमको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, निर्देशकहरू तथा शिक्षाक्षेत्रका अगुवाहरूको बाक्लो सहभागिताले प्रदर्शनीलाई थप गरिमामय र उत्कृष्ट बनाएको थियो।

    IMG-20241225-WA0063.jpg

    प्रदर्शनीमा विद्यार्थीहरूले आफ्नो सिर्जनात्मकता र अनुसन्धान क्षमताको उच्च प्रदर्शन गरेका थिए। प्रस्तुत सामग्रीहरूले बालबालिकाको नवीन सोच, प्रविधिको प्रयोग, र शैक्षिक विषयहरूको गहन बुझाइलाई प्रस्ट्याएको थियो। विद्यालयले यस प्रदर्शनमार्फत आफ्नो विद्यार्थीहरूलाई खोज अनुसन्धान र सिर्जनशील कार्यमा प्रोत्साहित गर्दै उनीहरूलाई अब्बल बनाउने दृष्टिकोणलाई अझ बलियो बनाएको छ।

    IMG-20241225-WA0060.jpg

    विद्यालयले आयोजना गरेको विषयगत प्रदर्शनीमा १००० भन्दा बढी अभिभावकहरूको उपस्थिति देखिनुका साथै अभिभावकहरूले विद्यार्थीहरूको प्रयास र क्षमताप्रति गर्व महसुस गरेको बताए। अभिभावकहरूको यस्तो सहभागिताले विद्यार्थीहरूमा अझ बढी नयाँ सोच र सिर्जनशील क्षमताको विकास गर्न प्रेरणा मिलेको छ।

    IMG-20241225-WA0078.jpg

    प्रदर्शनीको समापन समारोहमा प्याब्सन काठमाडौँका अध्यक्ष प्रेमकुमार राई उपस्थित हुनुहुन्थ्यो । विद्यार्थीहरूको प्रस्तुतिबाट उत्साहित हुनुभएका उहाँले सबै विद्यालयले यस्तै प्रकारको कार्यक्रम गर्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकाहरूको समग्र विकासमा यस किसिमका प्रदर्शनीहरूको महत्त्वमाथि प्रकाश पार्दै ग्लोवल स्कुलको प्रयासको प्रशंसा गर्नुभयो ।

    IMG-20241225-WA0058.jpg

    विद्यालयका प्रधानाध्यापक मनोज आचार्यले समापन मन्तव्य दिँदै, "यस प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनात्मक सोच र अनुसन्धानात्मक क्षमताको अद्वितीय प्रदर्शन गरेको छ। हामी भविष्यमा अझ बढी सिर्जनात्मक गतिविधिहरूको माध्यमबाट विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्दै जाने छौं' भन्दै प्रदर्शनी सफल तुल्याउन अहोरात्र लाग्नुहुने शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई विशेष धन्यवाद दिनुभयो ।

    IMG-20241225-WA0056.jpg

    "विषयगत प्रदर्शनी २०८१" ले काठमाडौँ ग्लोवल स्कुलका विद्यार्थीहरूको ज्ञान, सिप, क्षमता, सिर्जनशीलता, र प्रविधिको उच्चतम प्रयोग गर्दै विद्यालयको शैक्षिक स्तरलाई थप उचाइमा पुऱ्याएको छ। भने अभिभावक, शिक्षक, र विद्यार्थीहरूको सामूहिक प्रयासले प्रदर्शनीलाई उदाहरणीय कार्यक्रमको रूपमा स्थापित गरेको छ।

    IMG-20241225-WA0074.jpgIMG-20241225-WA0076.jpgIMG-20241225-WA0065.jpgIMG-20241225-WA0070.jpgIMG-20241225-WA0062.jpg

    images
    बुधवार, पौष १० २०८१०९:५३:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार