Oct 03 2026 | २०८३, आश्विन १७ गते

रानिबन पाठशालाको बिज्ञान तथा कला प्रदर्शनी सम्पन्न

रानिबन पाठशालाको बिज्ञान तथा कला प्रदर्शनी सम्पन्न

  • 811
    SHARES

  • रानिबन पाठशालाको बिज्ञान तथा कला प्रदर्शनी सम्पन्न

    काठमाडौ। नागार्जुन नगरपालिका वडा १ मा अवस्थित रानिबन पाठशालाले आयोजना गरेको 'बिज्ञान तथा कला प्रदर्शनी २०८१' सम्पन्न भएको छ। रानिबन पाठशालाका प्रधानाध्यापक माधव बेल्बासेको सभापतित्व तथा त्रिभुवन विश्वविद्यालय रसायनशात्र बिभागका प्रा.डा. एम एल शर्माको प्रमुख अतिथ्यतामा बुधवार विद्यार्थीहरुले आयोजना गरेको एक दिने 'बिज्ञान तथा कला प्रदर्शनी' सम्पन्न भएको हो।

    IMG_5589.JPG

    बिज्ञान तथा कला प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि प्रा.डा. एम एल शर्माले विद्यार्थीहरूलाई विज्ञानसम्बन्धी गतिविधिमा सहभागी गराई उनिहरुको नविनतम क्षमताको बिकास गर्ने अवसर प्राप्त हुने बताउनुभयो ।

    IMG_5607.JPG

    समारोहमा बोल्दै प्रिन्सिपल माधव बेल्बासेले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्नको निम्ति र आविस्कार गर्ने क्षमता वृद्धि होस भनेर बिज्ञान तथा कला प्रदर्शनी आयोजना गरेको बताउनुभयो । कक्षाकोठा बाहिर पनि विद्यार्थीले थुप्रै सिक्छन् । कोठाभित्रै सीमित गराउनुभन्दा विज्ञान तथा कलाका विषय अभ्यास गराउँदा उनीहरूले बुझ्छन् भनेर बिज्ञान तथा कला प्रदर्शनीको आयोजना गरेको प्रिन्सिपल बेल्वासेले बताउनुभयो।

    IMG_5613.JPG

    उक्त प्रदर्शनि विभिन्न विद्यालयका विद्यार्थीहरुले अवलोकन गरेका थिए। साथै प्रदर्शनी अवलोकन गर्न अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा पिपुल्स एकेडेमिका प्रिन्सिपल तथा एनयाब्सन काठमाडौका सचिव रामबाबु सेढाई, ग्रीनफिल्ड एजुकेसन नेटवर्ककि पब्लिक रिलेसन अफिसर इन्दिरा पोख्रेल, सेराफिन पब्लिक स्कुलका प्रिन्सिपल लेखनाथ ढुंगाना, युवा व्यावसायि हरिप्रसाद ओझा लगाएत विभिन्न स्कुलका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

    IMG_5622~2.JPGIMG_5643.JPGIMG_5615.JPGIMG_5622~2.JPGIMG_5630.JPGIMG_5602.JPG

    images
    बिहिवार, पौष ११ २०८१०८:४९:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार