Jul 27 2026 | २०८३, श्रावण ११ गते

इन्जिनियरको अकुत आर्जन : एक करोड वैध, १६ कराेड अवैध सम्पत्ति, आफन्तको खातामा १० करोड

इन्जिनियरको अकुत आर्जन : एक करोड वैध, १६ कराेड अवैध सम्पत्ति, आफन्तको खातामा १० करोड

  • 383
    SHARES

  • इन्जिनियरको अकुत आर्जन : एक करोड वैध, १६ कराेड अवैध सम्पत्ति, आफन्तको खातामा १० करोड

    भ्रष्टाचारको छानबिनबाट जोगिन एक अवकाशप्राप्त इन्जिनियरले आफन्तको खातामा १० करोड रुपैयाँभन्दा धेरै लुकाएको खुलेको छ। संघीय आयोजना कार्यान्वयन इकाइ, विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर (सिडिई) काशीप्रसाद गुप्ताले यसरी अकुत सम्पत्ति लुकाएका हुन् । सम्पत्ति लुकाउन सहयोग गर्ने १२ जना आफन्तसहित उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले सरकारी सेवामा हुँदा १६ करोड ७२ लाख ५६ हजार चार सय ९६ रुपैयाँ अवैध रूपमा आर्जन गरेको आयोगको दाबी छ । सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको अवधिमा उनको वैध आय एक करोड ११ लाख ६९ हजार नाै सय ६२ मात्र देखिएको छ । तर, उनीसँग १७ करोड ८४ लाख २६ हजार चार सय ५९ रुपैयाँ सम्पत्ति भेटिएको छ । उनले १० करोड ४४ लाख ४३ हजार सात सय तीन रुपैयाँ नाै पैसा विभिन्न आफन्तहरूको नाममा राखेको आयोगले जनाएको छ । उनका आफन्तहरू अन्जुकुमारी महतो, उदीतनारायणप्रसाद रौनियार, चन्देश्वर महतो, धीरजकुमार गुप्ता, प्रीतिकुमारी गुप्ता, डा. रचनाप्रसाद शाह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोषकुमार गुप्तामाथि आयोगले अख्तियार दुररूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम निजहरूलाई सम्पत्ति जफत प्रयोजनार्थ मुद्दा दायर गरेको छ । इन्जिनियर गुप्ताले गत वर्ष अवकाश पाएका थिए।

    images
    बुधवार, कार्तिक ५ २०७७०५:३८:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार