शुक्रवार, पौष १२ २०८१
पुस, १२ गते काठमाडौँ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक सूचना व्यवस्थापन शाखाले कक्षा ११ र १२ का विद्यार्थी विवरण अद्यावधिक गर्न सबै विद्यालय तथा स्थानीय तहलाई निर्देशानुसार अनुरोध गरेको छ । केन्द्रले सबै स्थानीय तहलाई पत्राचार गर्दै यही पुस २२ गतेसम्म कक्षा ११ र १२ का विद्यार्थीको विद्यालयबाट अद्यावधिक गर्न अनुरोध गरेको हो।
शैक्षिक सत्र २०८१ को विवरण एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (Integrated Educational Management Information System-IEMIS) मा मिति २०८१ श्रावण ७ गतेभित्र अद्यावधिक गर्नका लागि सबै विद्यालय तथा स्थानीय तहहरुलाई सूचित गरिएकोमा सो अवधिमा कक्षा ११ र १२ को भर्ना प्रक्रिया सम्पन्न नभएका कारण उक्त कक्षाका विद्यार्थीहरूको विवरण अद्यावधिक हुन नसकि समय थपका लागि विद्यालय एवम् स्थानीय तहबाट अनुरोध भै आएकाले कक्षा ११ र १२ का विद्यार्थीहरूको विवरण मिति २०८१ पौष २२ सम्म सम्बन्धित विद्यालयबाट अद्यावधिक गर्न लगाउन पत्रमा उल्लेख गरेको छ।
