Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि दीक्षान्त समारोहमा १४ हजार बढी विद्यार्थी सहभागी हुँदै

त्रिवि दीक्षान्त समारोहमा १४ हजार बढी विद्यार्थी सहभागी हुँदै

  • 509
    SHARES

  • त्रिवि दीक्षान्त समारोहमा १४ हजार बढी विद्यार्थी सहभागी हुँदै

    पुस, १३ गते काठमाडौ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आयोजना गर्ने ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । त्रिविले आज यहाँ पत्रकार सम्मेलन आयोजना गर्दै दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

    त्रिभुवन विश्वविद्यालको आज हुन गइरहेको ५०औं दीक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थी सहभागी हुने भएका छन् ।  समारोहमा ७४ हजार एक सय ४९ जना दिक्षीत हुने विद्यार्थी मध्य १४ हजार तीन सय आठ जनाले प्रत्यक्ष सहभागी जनाउने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

    स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदैछन् । “गत वर्ष हामीले सबैभन्दा बढी विद्यार्थी दीक्षित गरेर गिनिज बुकमा नाम लेखाइसकेका छौँ”, उनले भने, “यसपटक गत वर्षभन्दा दुई हजार बढी विद्यार्थी दीक्षित हुँदैछन् ।”

    परीक्षा नियन्त्रक जोशीले आगामी वर्षदेखि त्रिवि परिसरमा दीक्षान्त समारोह गर्नेगरी तयारी गरिएको बताए । समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२ औं ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदैछन् । समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिने उनले जानकारी दिए ।

    दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा रामप्रसाद यादव रहनेछन्। समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहनेछन्।

    images
    शनिवार, पौष १३ २०८१०७:०३:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार