Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेपाल ल क्याम्पसमा बिएएलएलबी शुल्क वृद्धि गरिएकोमा विद्यार्थीहरुद्वारा बिरोध

नेपाल ल क्याम्पसमा बिएएलएलबी शुल्क वृद्धि गरिएकोमा विद्यार्थीहरुद्वारा बिरोध

  • 521
    SHARES

  • नेपाल ल क्याम्पसमा बिएएलएलबी शुल्क वृद्धि गरिएकोमा विद्यार्थीहरुद्वारा बिरोध

    पुस, १३ गते। काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसले बिएएलएलबी पढाइमा शुल्कवृद्धि गरेपछि विद्यार्थीहरुले बिरोध गरेका छन्।

    क्याम्पसले पुस १० गते  बिएएलएलबी २०८१ को भर्नासम्बन्धी सूचना निकालेको जसमा झन्डै डेढ लाख रुपैयाँले शुल्कवृद्धि गरेको थियो। सूचनामा नयाँ शैक्षिक सत्रबाट लागु हुने गरी पाँच लाख २३ हजार ६ सय ५० रुपैयाँ लाग्ने उल्लेख गरिएकोमा स्वतन्त्र विद्यार्थी युनियनले विरोध गरेको छ।

    शैक्षिक सत्र २०८० सम्म बिएएलएलबी पढ्न तीन लाख ७६ हजार ६ सय १० रुपैयाँ शुल्क थियो। अव्यवहारिक रूपमा शुल्कवृद्धि गरिएको भन्दै स्ववियु र विद्यार्थी संगठनहरूले संयुक्त रूपमा क्याम्पसमा तालाबन्दीसमेत गरेका छन्।

    शैक्षिक सत्र २०८० सम्म कायम गरिएकै शुल्कमा पठनपाठन सुरू गर्नुपर्ने माग विद्यार्थीहरूको छ। सोहीअनुसार भर्ना सुरू नभएसम्म अहिले भइरहेको भर्ना रोक्नुपर्ने उनीहरूको माग छ।

    Screenshot_2024-12-28-07-44-32-61_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    शनिवार, पौष १३ २०८१०८:२८:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार