Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा ११ को विषय दर्ता वावेदन खुला। (सूचना सहित)

कक्षा ११ को विषय दर्ता वावेदन खुला। (सूचना सहित)

  • 531
    SHARES

  • कक्षा ११ को विषय दर्ता वावेदन खुला। (सूचना सहित)

    पुस, १३ गते काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विषय दर्ता (रजिस्ट्रेसन) आवेदन फाराम पुन खुला गरेको छ । बोर्डले विषय दर्ता आवेदन शुल्क लिने वा नलिने विषयमा निर्णय हुन नसक्दा रोकिएको दर्ता यो वर्षका लागि शुल्क लिने निर्णय गरी खुला गरेको हो ।

    शैक्षिक सत्र २०८१/८२ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको विषय दर्ता (रजिस्ट्रेसन) आवेदन फाराम प्रविष्ट एवं बुझ्ने र बुझाउने सम्बन्धी कार्य पुस मसान्तभित्र गर्न बोर्ड सूचना जारी गरेको छ । दर्ता साविक बमोजिम नै विषय दर्ता वापतको रकम ( विलम्ब शुल्करहित) बोर्डका सम्बन्धित कार्यालयको खातामा अनलाईनमार्फत वा सोझै बैँकमा दाखिला गरी आगामी माघ ०७ गतेभित्र सम्बन्धित विद्यालयमार्फत आवेदन फाराम अनलाईन इन्ट्रि गरी बैंक भौचर वा अनलाईनबाट रकम तिरेको भौचर र विषय दर्ता (रजिस्ट्रेसन) आवेदन फाराम सहित बोर्डको सम्बन्धित कार्यालयमा बुझाउन सकिने बोर्डको सूचनामा उल्लेख छ।

    हेर्नुस् सूचना ।

    FB_IMG_1735354993803.jpg

    images
    शनिवार, पौष १३ २०८१०८:५९:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार