बिहिवार, पौष १८ २०८१
काठमाडौ। त्रिभुवन विश्वविद्यालयमा भक्खरै प्रधानमन्त्रीको विद्यार्थी संगठनले विभिन्न माग राख्दै १९ दिने धर्ना र तालाबन्दीको सहमति सेलाउन नपाउदै पुन प्रतिपक्षी दल निकट अनेरास्ववियू (क्रान्तिकारी) लगाएत ५वटा संगठनका विद्यार्थीहरु रेक्टर कार्यलयमा धर्ना बसेका छन्। विभिन्न १० बुँदे माग राख्दै पाँच विद्यार्थी संगठन धर्नामा बसेका हुन्।
त्रिभुवन विश्वविद्यालयमा हुने गरेका शैक्षिक अराजक गतिविधिका विरुद्ध विद्यार्थी संगठन सशक्त रुपमा सघर्ष गर्दै समग्र विश्वविद्यालयको शैक्षिक रुपान्तरण र विद्यार्थीहरुको हकहितको पक्षमा धर्ना बस्नु परेको बिज्ञप्तिमा उल्लेख छ।
विगत देखि दलगत भागवण्डाको चपेटामा परेको विश्वविद्यालय पटक पटक अनिर्णयको बन्दि हुँदा शैक्षिक क्षेत्रमा अराजकता मौलाउदै आएको र जसका कारण विश्वविद्यालयको नीतिगत शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको छ।
बिज्ञप्तिमा भनिएको छ, 'विश्वविद्यालयमा मेरिटोक्रेमिको आधारमा नियुक्ति प्रकिया अवलम्बन गरिनु आजको आवश्यकता रहेको छ। यद्यपी यो प्रकियाले पूर्णता नपाउदै सरकारको हस्तक्षेप पूर्ण गतिविधि र विश्वविद्यालयका पदाधिकारी स्वयमको मेरिटोक्रेसि विरुद्धको गतिविधिले फेरी पनि दलगत भाडवण्डालाई प्रोत्साहन गरि विश्वविद्यालयलाई अराजगकता तिर धकेलेको प्रति आपत्ति जनाउदै घोर भत्र्सना गर्दछ।'
हाम्रो प्रमुख एजेण्डा भनेको शैक्षिक अराजकताको अन्त्य गरी समग्र विश्वविद्यालय रुपान्तरण गर्नु हो।
१. मेरिटोकेसिको आधारमा क्याम्पस/विभागीय प्रमुखहरु विनाशतं नियुक्ति गर्नुपर्ने ।
२. डा. पुष्कर रैखोला नेतृत्वको छानविन समितिको प्रतिवेदनले समकक्षता दिने भनी गरिएको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने ।
३. अध्ययन विदा लिई विदेश गएका र स्वदेश नफर्किने प्राध्यापक र कर्मचारीहरुको एकिन विवरण सार्वजनिक गरी उक्त अवधिको सेवा, सुविधा, तलव विश्वविद्यालयलाई फितां गर्नुपर्ने र सम्बन्धित व्यक्तिलाई कारवाही गर्नुपर्ने ।
४. त्रिताल आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गरी विश्वविद्यालयमा हिनामिना भएको जग्गा फिर्ता गरी संलग्न सम्बन्धित व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने ।
५. आशिक करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई आन्तरिक प्रक्रियावाट स्वतः स्थायी गर्ने प्रक्रिया बन्द गर्नुपर्ने ।
६. त्रि.वि. केन्द्रीय विभागहरुमा अनिवार्य रुपमा Morning/Evening कक्षाहरु सञ्चालन गर्नुपर्ने ।
७. परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराउने पदाधिकारी वा कर्मचारीलाई डा. चन्द्रर्माण पौडेल नेतृत्वको कमिटिले सिफारिस गरेका व्यक्तिहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याउनुपर्ने ।
८. पढ्दै कमाउँदै कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य रुपमा संलग्न गराउनुपर्ने ।
९. त्रि.वि. मा रिक्त रहेका उपप्राध्यापक तथा कर्मचारीहरुको खुल्ला प्रतिस्पर्धा मार्फत पदपुर्ति गर्न तत्काल नयाँ विज्ञापन प्रकाशन गर्नुपर्ने ।
१०. केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुका लागि अनिवार्य रुपमा इन्टर्नशिपको व्यवस्था गराउनु पर्ने ।
