Oct 03 2026 | २०८३, आश्विन १७ गते

अब विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिईने

अब विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिईने

  • 790
    SHARES

  • अब विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिईने

    काठमाडौ। शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय गरेको छ । परीक्षामा कति लेखेको छ भन्ने आधारमा मात्र मूल्याङ्न गर्न नहुने भन्दै मन्त्रालयले घरमा गरेको कामलाई पनि मूल्याङ्नमा जोड्न लागेको हो।

    शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईका अनुसार मूल्याङ्कनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ । विज्ञसँग छलफल गरेर पाठ्यक्रम बिकास केन्द्रले १५ दिनभित्र विधिको प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ ।

    ‘विद्यार्थीको मूल्याङ्कन गर्दा बहुपक्षीय ढंगले गर्नुपर्छ। कति लेख्छ भन्ने आधारमा गरिरहेका छौँ। त्यसैले आन्तरिक मूल्याङ्नको विधिलाई परिवतर्न गर्ने निर्णय गरेका हौँ,’ मन्त्री भट्टराईले भनीन्। पछि समस्या नआउनेगरी कुन विधिबाट जाने भनेर विज्ञको राय सुझावको आधारमा बनाउने उनले बताइन्।

    पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले मूल्याङनको विधि छिट्टै बनाउने बताए। ‘विधि बनाएर छिट्टै कार्यान्यनमा लैजान्छौँ,’ उनले भने। शैक्षिकसत्र २०८२ देखि लागू गर्ने गरी काम गरिरहेको उनले बताए। मन्त्रालयले श्रम र सिपलाई सम्मान गर्न राम्रा कुरालाई पाठ्यक्रममा समावेश गर्न लागेको हो ।

    ‘विद्यार्थीले पढ्ने भनेको किताव वरिपरीको मात्र हो भन्ने छ। अब श्रम र सिपलाई सम्मान गर्न समाजको राम्रो कुरालाई पाठ्यक्रममा जोड्न लागेका हौँ,’ मन्त्री भट्टराईले भनिन्, ‘विद्यार्थीले घरमा बुबाआमालाई कति सघाउँछ कस्तो व्यवहार गर्छ त्यो हेर्नुपर्दछ। खेतबारमीमा आमा बुबासँग गएर सघाउछ भनेपनि मूल्याङ्कनमा जोडिनु पर्छ।’

    विद्यार्थीले खेतबारी जोते, घाँस काटे, भात-तरकारी पकाए, भाइ-बहिनी हेरे, बजारमा किनमेल गरे, लुगा सिलाए वा आरनमा काम गरे पनि नम्बर पाउनेछन्।विद्यार्थीले लुगा सिउने र आरनमा काम गर्ने जस्ता जीवनोपयोगी शिक्षा घरमा सिकिरहेको भएमा त्यसलाई पनि आन्तरिक मूल्याङ्कनमा जोडिने छ।

    कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक र ५० नम्बरको बाह्य परीक्षा हुन्छ। कक्षा ९ देखि १२ सम्म २५ को आन्तरिक र ७५ को बाह्य परीक्षा हुन्छ। आन्तरिक मूल्याङ्कनमा केही अंक छुट्टाएर घरको कामलाई नम्बर दिन लागिएको हो।

    images
    शुक्रवार, पौष १९ २०८११०:०३:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार