शुक्रवार, पौष १९ २०८१
पुस, १९ गते काठमाडौ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गोकर्णेश्वर नगरपालिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। बिहिवार गोकर्णेश्वरको एक रिसोर्टमा भएको तेस्रो अधिवेशन मार्फत अध्यक्षमा सुदीप अधिकारी निर्वाचित भएका हुन।

प्याब्सन काठमाडौ जिल्ला अन्तर्गत रहेका ११ वटा नगर अधिवेशन मध्य गोकर्णेश्वरमा चुनाव मार्फत नेतृत्व (अध्यक्ष) चयन भएको थियो। जसमा सुदिप अधिकारीले ४२ मत सहित निर्वाचित भएका हुन। उनका प्रत्यासी मेनुका घिमिरे र राम प्रसाद बडालले क्रमश १५ र १४ मत प्राप्त गरेका थिए भए दुई मत बदर भएको थियो।

तत्कालीन अध्यक्ष डिएन सभापतित्वमा भएको अधिवेशनले १७ सदस्यीय नगर समिती गठन गरेको छ। निवर्तमान अध्यक्ष डिएन सिवाकोटीका अनुसार काठमाडौ महानगर पछि सबैभन्दा धेरै सदस्य विद्यालय भएको नगर भएकोले नेतृत्व निर्वाचन चयनको प्रक्रियामा गएको र ठूलो कार्यसमिति बनेको बताउनुभयो।

अधिवेशनमा प्याब्सन प्रमुख अतिथी केन्द्रका उपाध्यक्ष कुमार घिमिरे बिशेष अतिथी प्याब्सन केन्द्रिय सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, काठमाडौ जिल्ला प्याब्सनका अध्यक्ष प्रेम कुमार राई, प्याब्सन काठमाडौ जिल्ला वरिष्ठतम् उपाध्यक्ष नवराज भट्ट, उपाध्यक्ष द्वय रिता राई, सुर्य बहादुर भण्डारी, सचिव सुदर्शन थापा, सहसचिव ॐ प्रसाद ढकाल युवराज पराजुली, कोषाध्यक्ष आरबि अधिकारी, सहकोषाध्यक्ष डिएन अधिकारी लगाएत पदाधिकारी तथा नगर प्रमुखहरुको उपस्थिति रहेको थियो।

अधिवेशन सम्पन्न गर्न दुइ सदस्यीय निर्वाचन मन्डल गठन गरिएको थियो जसमध्ये प्रमुख निर्वाचन आयुक्त प्याब्सनका जिल्ला सहसचिव आरबी अधिकारी र आयुक्तमा डिएन अधिकारी रहनुभएको थियो। अधिवेशनबाट निर्वाचित टिमलाई प्रमुख निर्वाचन प्रमुख निर्वाचन आयुक्त प्याब्सनका जिल्ला सहसचिव आरबी अधिकारीले सफत ग्रहण गराउनुभयो।

१. अध्यक्ष: सुदीप अधिकारी
२. उपाध्यक्ष: बच्चुराम चौलागाई
३. सचिव : राजभाई धौगोडा
४. कोषाध्यक्ष: छेवङ छेदर भुटिया
५. सहसचिव: देवेन्द्र चन्द ठकुरी
६. सह कोषाध्यक्ष: रेवती प्रसाद ढुङ्गेल,
सपस्यहरू:
• राम प्रसाद आचार्य
• मिलन श्रेष्ठ
• भावना भट्ट
• सुदर्शन बजगाई
• दावा तामाङ
• जानकी खड्का
• सरिता श्रेष्ठ
• पुष्पलाल देवकोटा
• श्री कुमार श्रेष्ठ
• तुलसा थापा
• शुष्मा भुजेल शाह



