Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा

त्रिविको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा

  • 2.3K
    SHARES

  • त्रिविको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा बनाउन थालेको छ। विश्वविद्यालयले संचालन गरेको स्नातक तह प्रथम वर्षको परीक्षामा प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा बनाउन थालेको हो।

    यसअघि अंग्रेजी भाषामा मात्रै प्रश्नपत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएकाे जनाउँदै त्रिभुवन विश्वविद्यालयले दुवै भाषामा प्रश्नपत्र बनाउने निर्णय गरेको थियो। सोही आधारमा पहिलो पटक दुवै भाषामा प्रश्नपत्र सोध्न थालेको हो।

    अहिले सञ्चालनमा रहेको स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषाबाट प्रश्नपत्र बनाएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। यसअघि विद्यार्थीहरुले प्रश्नपत्र नेपाली अंग्रेजी दुबै भाषामा हुनुपर्छ भन्दै आन्दोलन समेत गरेका थिए।

    images
    आइतवार, पौष २१ २०८१०६:२०:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार