आइतवार, पौष २१ २०८१
काठमाडौ । एड-मार्क एकेडेमीले स्नातक तह बिसिए पहिलो बर्ष अध्ययनको लागि भर्ना भएका विद्यार्थीलाई स्वागत तथा बिसिए आठौं सेमेस्टर उत्तीर्ण विद्यार्थीहरुलाई बिदाई गरेको छ। शनिवार पर्यटकीय स्थल चन्द्रागिरिको नैकाप भिलेज एन्ड रिसोर्टमा एक भब्य कार्यक्रमका बीच विद्यार्थीहरुलाई स्वागत तथा बिदाई कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम एड-मार्क स्कुल तथा कलेजका अध्यक्ष पुरुषोत्तम अधिकारिको सभापतित्वमा सम्पन्न भयो। प्रमुख अतिथिको रुपमा काठमाडौ विश्वविद्यालयका प्रा.डा.सुदन झा, बिशेष अतिथि ज्ञानेन्द्र राज भट्ट, क्याम्पस प्रमुख शिवप्रसाद अधिकारी, सह-प्राचार्य प्रकाश लम्साल, संयोजक (Cordinator) बलराम गैरे, परीक्षा संयोजक माधव प्रसाद उप्रेती, प्रशासकीय अधिकृत दिपक अधिकारी, बिसिए कोर्डिनेटर ER. संजय कुमार शाह लगाएत शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी काठमाडौ विश्वविद्यालयका प्रा.डा.सुदन झाले सुचना प्रविधि क्षेत्र (आइटी) आजको पुस्ताको लागि अपरिहार्य भएको बताउनुभयो । हामी अल्छी बन्नुहुदैन, सूचना प्रविधि र नवप्रबर्तनको लागि लाग्नेहो भने रोजगार आफै सिर्जना गर्न सक्ने बताउनुभयो। हामिले कृषी र पर्यटनमा मात्रै सुचना प्रबिधिको (आइटी) प्रयोग गर्यौ भने रोजगारको लागि जनशक्ति अभाव हुने बताउनुभयो।
https://www.facebook.com/share/v/18EbYfN9Ng/
सूचना प्रविधि (आइटि)ले हाम्रो देशमा हजारौ सम्भावनाहरुलाई पहिचान गरेको छ, तर हामी संग जनशक्ति छैन। नेपालमा साच्चिकै हरेक क्षेत्रमा काम गर्ने हो भने आइटी जनशक्ति अपुग हुन्छ। कामको लागि बिदेश जानुपर्दैन। त्यसको लागि आइटी पढ्ने विद्यार्थीहरुले लगनशील भएर पढ्ने र रिसर्च गर्नुपर्ने बताउनुभयो। हाम्रो आइटी विद्यार्थी रचनात्मक हुनेहो भने नेपालमै अथाह काम गर्न सकिन्छ। रोजगार सिर्जना गर्न सकिन्छ। प्रा.डा. झाले भन्नुभयो, ' तिमी संग Skill (सीप) छ भने पैसा त्यहाँ छ तर जुन मिठास घरमा मिल्छ त्यो बाहिर मिल्दैन।' डा. झाले पैसा कमाउनको लागि बिदेश जान नपर्ने धारणा ब्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै बिशेष अतिथी ज्ञानेन्द्र राज भट्टले २१ औ सताब्दी सुचना प्रविधिको युग भएकोले त्यो अनुरुपको जनशक्ति चाहियको बताउनुभयो। हामिलाई आइटी जनशक्ति चाहिएको छ, भट्टले भन्नुभयो त्यस्को बिकासको लागि बिसिए कार्यक्रम महत्त्वपूर्ण छ। हरेक क्षेत्रमा आइटी आवश्यक छ। हाम्रो देशमा तर त्यो अनुरुपको जनशक्ति छैन। यदि जनशक्ति हुनेहो भने, नेपाल आइटी पढ्ने विद्यार्थीहरुको रोजगारको हब हुने बताउनुभयो। हाम्रो लेवारर कस्ट कम भएकोले नेपाली युवा बिद्यार्थीहरुलाई घरमै बसिबसि रोजगारको अवसर धेरै रहेको तर बजारको माग पूरा गर्न सकेका छैनौं उहाँले भन्नुभयो।

उक्त कार्यक्रममा प्राचार्य शिवप्रसाद अधिकारिले विद्यार्थीहरुको आगामी जीवन उज्वल रहोस भन्दै शुभकामना ब्यक्त गर्नुभयो। नेपालमा सूचना प्रविधिको क्षेत्रमा नेपाल हब बन्न सक्ने भन्दै आइटी विद्यार्थीहरुले त्यो अनुसारको मिहिनेत गर्नुपर्ने बताउनुभयो। हाम्रो दिमागमा नेपालमा केही छैन बिदेश मा मात्रै छ भन्ने बुत बसेको छ। अधिकारीले भन्नुभयो आइटी पढ्ने विद्यार्थीगरुले त्यस्तो मान्सिकतालाई त्याग्नुपर्ने बताउनु भयो।

कार्यक्रममा एड-मार्क कलेजका अध्यक्ष तथा कार्यक्रमका सभापति पुरुषोत्तम अधिकारिले सूचना प्रविधि (आइटी) रोजगारीको सबैभन्दा प्राथमिक क्षेत्र भएकोले विद्यार्थीहरुले मिहेनत गरे त्यो अनुरुपको फल पाइने बताउनुभयो।

सूचना प्रविधि सेवा निर्यातमा नेपालको युवा जनसंख्याको योगदान महत्वपूर्ण रहेको स्नातक अध्ययन गरेका व्यक्ति बढी यस क्षेत्रमा सहभागी रहेको छ। नेपालमा एक अध्ययनअनुसार IT क्षेत्रमा काम गरेका व्यक्तिको सुरुवाती चरण (प्रवेश समयमा) वार्षिक औसत तलब २ हजार ८ सय १० डलर (३ लाख ६५ हजार ३ सय) र मध्यमस्तरका आइटी क्षेत्रका व्यक्तिको औसत तलब ६ हजार ३ सय ९५ डलर (८ लाख ३१ हजार ३ सय ५० रुपैयाँ) रहेको छ।
त्यस्तै वरिष्ठस्तरमा काम गर्ने व्यक्तिले वार्षिक औसत तलब १५ हजार ३ सय २२ डलर (१९ लाख ९१ हजार ८ सय ६० रुपैयाँ) रहेको अध्ययने देखाएको छ।
यसरी हेर्दा रोजगारीका हिसाबमा पनि नेपालका लागि सूचना प्रविधि क्षेत्र निकै महत्वपूर्ण रहेको देखिन्छ। योभन्दा निकै कम तलबका लागि लाखौं नेपाली विदेशिइरहेको अवस्थामा यस क्षेत्रले नेपालमै सम्भावना रहेको देखाएको छ।

