आइतवार, पौष २१ २०८१
पुस, २२ गते। काठमाडौँ महानगरपालिकाले जाडो बिदामा आयोजना गर्न लागेको तालिममा सहभागी नहुन नेपाल शिक्षक महासङ्घले शिक्षकहरूलाई अनुरोध गरेको छ । आज एक विज्ञपति जारी गर्दै महासंघले यस्तो अनुरोध गरेको हो।
काठमाडौं महानगरपायिका शिक्षा विभाग द्वारा मिति २०८१/०९/१६ गते च.न. ७६७ को जारी पत्रानुसार विभिन्न कार्यक्रमहरुको सन्दर्भमा मिती २०८१ पौष २० गते नेपाल शिक्षक महासंघ, काठमाडौं महानगर समितिको आयोजनामा काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापक तथा शिक्षकहरु बैठक बाँस महानगरको सूचनाको सन्दर्भमा घनिभुत छलफल भएको र निजामती कर्मचारीको घर विदाको सट्टामा रहेको शिक्षकहरुको जाडो बिदाको सुविधा वाट समेत शिक्षकलाई बञ्चित गर्ने गरि शिक्षा विभाग वाट एकाकी डगबाट अगाडि सारिएका कार्यक्रमहरुको सन्दर्भमा चालु शैक्षिक सत्र २०८१ को २०८१ पुस १८ गते देखि २०८१ माघ ०८ गते भित्र सञ्चालन हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने र नगराउने निर्णय भएकाले सोहि अनुसार गर्नु गराउनुहुन सम्पूर्ण प्रधानाध्यापक, शिक्षक तथा सरोकारवाचाहरुलाई हार्दिक अनुरोध गर्दछौ बिज्ञप्तिमा लेखिएको छ।
कार्यक्रममा सहभागी नहुनुपर्ने कारणहरु
> काठमाडौं महानगरपलिका शिक्षा विभाग द्वारा प्रकाशित शैक्षिक क्यालेण्डरमा पौष १८ देखि माघ ८ गते सम्म बिदा राखिएको, क्यालेण्डरमा हाल प्रचारमा ल्याइएका कुनै कार्यक्रम नरहेको ।
> पर्याप्त छलफल तथा सरोकारवाला सगको समन्वय विना हचुवाको आधारमा कार्यक्रमहरु गर्दै जादा राज्यकोषको दुरुपयोग हुने तर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने ।
> सबै शिक्षकहरु सहभागी भई लाभान्वित हुनुपर्ने महत्वपूर्ण कार्यक्रमहरु शिक्षकको अनुकुराता नहेरी आयोजना गदां महानगरको बजेट सक्ने र झारा टार्ने काम हुने तर शिक्षकहरु उक्त अवसर बाट वञ्चित हुन गई शिक्षा क्षेत्रमा अपेक्षित सुधार गर्न नर्साकने ।
> कार्यक्रममा सहभागी हुनको लागि कम्तिमा १ हप्ता अगाडी सूचना भएको भए विद्यालय तथा शिक्षकहरुलाई योजना बनाउन र तयारी गर्न सजियी हुने थियो तर विद्यालय बिदा हुने अन्तिम दिनमा मात्र सूचना आएकाले शिक्षकहरु विच अन्यौलता छाएको ।
> विद्यालयका शिक्षक, फोकस शिक्षक, विद्यार्थीहरु समेतका सागी विद्यालयमा जाडो विदा भई शिक्षक एवम् विद्यार्थीहरु आ- आफ्नो गृह क्षेत्र प्रस्थान गरिसकेको हुदा शिक्षकहरु चाहादा चाहादै पनि कार्यक्रममा सहभागी हुन नसक्ने अवस्था सिर्जना भएको ।
> विद्यालयहरुमा शैक्षिक भ्रमण लगायतका पूर्वनिधर्धारित कार्यक्रमहरु रहेकाले महानगरपालिका द्वारा अगाडि सारिएका कार्यक्रमहरुमा सहभागिता जनाउन असमर्थ रहेको ।
यस्तो छ बिज्ञप्ति
