सोमवार, पौष २२ २०८१
पुस, २२ गते काठमाडौं। एभरेस्ट इनोभेटिभ कलेज (EIC) को बार्षिक खेलकुद सप्ताह- २०८१ शुरु भएको छ। आइतवार कलेज परिसरमा एक कार्यक्रमका बिच बार्षिक खेलकुद सप्ताह (Annual Sports Meet)-२०८१ उद्घाटन गरेको हो।

बार्षिक खेलकुद सप्ताह- २०८१ मा फुटसल, क्रीकेट, भलिबल, बेडमेन्टिन, टेबलटेनिस, चेस, लगाएत डिजिटल गेम PUBG, Mobile legend, Free Fire जस्ता खेलहरु खेलाइने छन। उद्घाटन खेल बास्केटबल BCA vs BBS बिच भएको थियो। बास्केटबलमा १० पुरुस र ४ महिला टिम सहभागी छन। त्यस्तै फूटसल आज देखि बाफलको मेट फूटसल मैदानमा हुनेछन् । फूटसलमा २६ वटा पुरुष र ६ वटा टिम सहभागी रहेका छन्।
त्यसैगरी भलिबल प्रतियोगिता कुलेश्वर तीनकुने भलिवल मैदानमा हुनेछन। भलिबलको लागि १० वटा पुरुस ४ वटा महिला टिम रहेका छन। क्रीकेट खेलहरु २३ गते किर्तिपुर मैदानमा हुनेछन् । क्रीकेटमा १० टिम सहभागी रहेका छन।

उद्घाटन समारोहमा बोल्दै कलेजका प्रशासन प्रमुख रामप्रसाद पौडेल, पढाई संगसंगै खेल जिवनको लागि आवस्यक रहेको बताउनुभयो।
कार्यक्रममामा CEO हरिप्रसाद काफ्लेले विद्यार्थीहरुलाई खेलकुदको बारे शुभकामना मन्तव्य दिनुभयो। उहाँले खेलकुदले विद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक बिकासमा महत्वपुर्ण योगदान पुर्याउने भएकोले बिगत १८ बर्ष देखि हरेक बर्ष स्पोर्ट मिट कार्यक्रमहरु गर्दै आएको बताउनुभयो।

पौष २८ गते सम्म संचालन हुने खेलकुद कार्यक्रममा डिजिटल गेमहरु सहित विभिन्न ८ वटा खेलहरु खेलाइने इसिए कार्यक्रम प्रमुख तथा स्पोर्ट्स मिट २०८१ का संयोजक किशोर काफ्लेले बताउनुभयो।
खेलकुदमा स्कुल र कलेजका गरि झन्डै पाँछ सय भन्दा बढि विद्यार्थीहरु सहभागी भएको बताइएको छ। त्यस्तै खेलकुद कार्यक्रम पौष २८ गते समापन हुनेछ। यद्यपि पुरस्कार बितरण भने माघ ७ गते सोल्टिमोड स्थित एभरेस्ट इनोभेटिभ कलेजमा भब्य कार्यक्रमको बीच रहने बताइएको छ।