मंगलवार, पौष २३ २०८१
काठमाडौं । भूकम्पका कारण स्नातकको परीक्षा समय १५ मिनेट थप गरिएको छ। त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको मंगलबारको परीक्षामा १५ मिनेट समय थप गरिएको हो ।
बिहान ७ बजेबाट परीक्षा थियो । तर परीक्षा सुरु हुनुअघि भूकम्प आएपछि केहीबेर परीक्षा प्रभावित भएको थियो ।
त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल ‘१५ मिनेट परीक्षाको समय थप गर्न सबै केन्द्रमा सर्कुलर गरेको बताए। भूकम्पका कारण केहीबेर प्रभावित भएपनि अहिले परीक्षा चलिरहेको छ ।
बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको सिगात्सेस्थित दिङ्गे काउन्टीमा थियो ।.