मंगलवार, पौष २३ २०८१
पुस, २३ गते काठमाडौ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) काठमाडौं जिल्लाको १६औँ जिल्ला अधिवेशन यहि मिति २०८१ पौष महिनाको २७ गते हुदैछ। सोमबार प्याब्सन काठमाडौ जिल्ला कार्यलयमा अधिवेशनको लागि मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ।
काठमाडौ जिल्लाको १६औं अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागी भएको मनोनयन दर्तामा अध्यक्ष पदको लागि बर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष नवराज भट्ट र कोषाध्यक्षको लागि सह-कोषाध्यक्ष डिएन अधिकारीको एकल मनोनयन दर्ता भएको छ। यससंगै प्याब्सन काठमाडौ जिल्लाको अध्यक्षमा भट्ट र कोषाध्यक्षमा अधिकारी निर्विरोध चयन भएका छन।
अधिवेशनमा नयाँ कार्यसमिती चयनका लागि निर्वाचन समितिद्वारा आज मिति २०८१ पौष २२ गते सोमबार दिनको ११ बजेदेखि ३:०० बजे सम्म उम्मेदवारी मनोनयनको समय तोकिएको थियो।
अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागी आज भएको मनोनयन दर्तामा उत्साहजनक उपस्थिति रहेको र अत्यन्तै शान्त र सौहार्द ढौगले मनोनयन दर्ता भएको बर्तमान अध्यक्ष प्रेम कुमार राईले बताउनुभयो।
अधिवेशनमा वरिष्ठ एक जना उपाध्यक्षको लागी बर्तमान उपाध्यक्ष रिता राई र सचिव सुदर्शन थापाले मनोनयन दर्ता गरेका छन् । दुई जनाको मनोनयन परेपनि एकजना निर्वाचित हुनेछन् । त्यसैगरी तीन जना उपाध्यक्ष पदको उमेदवारहरुले मनोनयन दर्ता गरेका छन। जसमध्ये बर्तमान उपाध्यक्ष सुर्य बहादुर भण्डारी लगाएत सह-सचीव आर.बी. अधिकारी, सूर्य बहादुर के.सी., दुर्गानाथ सिवाकोटी, धनबहादुर पुन, दीपक कुमार महर्जन, श्रीराम दाहाल, नारायण रोका, ईशु गुरुङ्गले मनोनयन दर्ता गरेका छन्।
त्यसैगरि सचिव पदको लागी तीन जना बर्तमान सहसचिव ओम प्रसाद ढकाल, कृष्ण भण्डारी र अनिल पराजुलीले मनोनयन दर्ता गरेका छन्। उनिहरु मध्यबाट एक जना सचीव पदमा निर्वाचित हुने छन्।
त्यसैगरी सहसचिवको लागि श्री शिव प्रसाद अर्याल, सौर्यनाथ आचार्य, जयराम चापागाई, दिनेश कुमार पाण्डे, विष्णु प्रसाद धिताल, प्रज्वल कोइराला, श्रीमती सविना दाहालले मनोनयन दर्ता गरेका छन। जसबाट तिन जना पुरुष खुल्ला र एक जना महिला निर्वाचित हुनेछन् ।
त्यसैगरी सह-कोषाध्यक्षकोमा एक जनाको लागि ४ जना सुशिल प्रसाई,भक्त कुमार श्रेष्ठ, गोविन्द बहादुर थापा क्षेत्री, अनिल कुमार सुब्बाले मनोनयन दर्ता गरेका छन।
त्यसैगरी बिधानमा भए बमोजिम सदस्यहरुमध्ये भुगोल बाट निर्वाचित हुने ११ जनाको लागि मुकुन्द प्रसाद पाण्डे, कमल प्रसाद ज्ञवाली, नारायण गौतम, नवराज सापकोटा, रविन्द्र राज मिश्र, प्रकाश गौतम, प्रदिप श्रेष्ठ, गोविन्द पंगेनी, भरतमणि पोखरेल, जे.बि. दवाडी, मणिकुमार श्रेष्ठ, रमेश चन्द्र लामिछानेले मनोनयन दर्ता गरेका छन्।

त्यसैगरी सदस्य खुला पदको लागि ११ जनाको मनोनयन दर्ता भएको छ। त्यसैगरी २४ जना महादिवेशन प्रतिनिधिको लागि ४३ जनाको उम्मेद्बारी परेको छ।

