Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि र आन्दोलनरत विद्यार्थी संगठनबीच ९ बुँदे सहमती

त्रिवि र आन्दोलनरत विद्यार्थी संगठनबीच ९ बुँदे सहमती

  • 755
    SHARES

  • त्रिवि र आन्दोलनरत विद्यार्थी संगठनबीच ९ बुँदे सहमती

    काठमाडौ। त्रिभुवन विश्वविद्यालयमा विगत र वर्तमानमा भएका र हुँदै आएका कमी कमजोरीहरु सुधार गरी विश्वविद्यालयको रुपान्तरणको माग राख्दै मिति २०८१ पुस १६ गतेदेखि त्रि.वि. शिक्षाध्यक्षको कार्यालयमा धर्नामा बसेका संयुक्त विद्यार्थी संगठन ९ बुँदे सहमति भएको छ।

    विद्यार्थीहरुले राखेको मागहरुलाई सम्बोधन गर्न त्रि.वि.द्वारा गठित वार्ता समिति र संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिहरुबीच भएका छलफल पश्चात् बिबिन्न ९ बुदाहरुमा बुँदाहरुमा सहमति भएको हो।

    सहमति पश्चात् विद्यार्थी संगठनहरुले आन्दोलन स्थगित गरेका छन।

    यस्तो छन सहमतिको बुँदाहरु।

    १. मेरिटोक्रेसीको आधारमा क्याम्पस प्रमुखहरुको नियुक्ति प्रक्रिया बिना सर्त कार्यान्वयन गर्ने र अगामी दिनमा त्रि.वि.सावधिक पदमा नियुक्ति गर्दा मेरिटोक्रेसीमा उत्कृष्टतालाई नियुक्ति गर्न बाधा पर्ने प्रावधानहरु संशोधन गर्न अब बस्ने त्रि.वि. सभामा प्रक्रिया अगाडि बढाउने ।

    २. डा. पुष्कर रैखोला नेतृत्वको छानविन समितिले समकक्षता सम्बन्धी दिएको प्रतिवेदन सम्बन्धमा छलफल हुँदा सन् २०१३ भन्दा पछाडि समकक्षता सम्बन्धी भएका सम्पूर्ण निर्णयहरुको प्रतिवेदन तयार गरी समस्या समाधान गर्न उच्चस्तरीय छानविन समिति गठन गरी १ (एक) महिनाभित्रमा प्रतिवेदन कार्यान्वयन गर्ने। साथै त्रि.वि. कार्यकारी परिषद्‌को मिति २०८० भाद्र १३ गतेको बैठकको निर्णय नं. २२६४ निर्णयानुसार भारतको सिंघानिया विश्वविद्यालयबाट विद्यावारिधि उपाधिको समकक्षता र अध्ययन विदा नलिई छिमेकी राष्ट्र भारतबाट विद्यावारिधि उपाधि लिई त्रि.वि. मा अध्यापनरत प्राध्यापकहरुको समकक्षता छानविन गर्ने ।

    ३. अध्ययन विदा लिई विदेश वा स्वदेश रहेर कार्यक्षेत्रमा नर्फकने शिक्षक तथा कर्मचारीहरुको उक्त अवधिको सेवा, सुविधा, तलब एकिन विवरण २(दुई) हप्ताभित्र सार्वजनिक गरी कारवाही प्रक्रिया अगाडि बढाउने ।

    ४. त्रिभुवन विश्वविद्यालयको जग्गा सम्बन्धी गठित त्रिताल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सम्बन्धित निकायमा एक हप्ताभित्र पत्राचार गर्ने साथै त्रि.वि. को अतिक्रमित जग्गा फिर्ता गराई दोषी उपर कारबाहीको प्रक्रिया अगाडि बढाउने ।

    ५. त्रि.वि.का करार तथा आशिक शिक्षक/कर्मचारीहरुको सम्बन्धमा सम्मानित अदालतको आदेश विपरित स्वतः करार तथा स्थायी गर्ने निर्णय कार्यान्वयन गरिने छैन् साथै त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका उपप्राध्यापक तथा कर्मचारीहरुको लागि खुल्ला प्रतिष्पर्धा मार्फत पदपूर्ति गर्न तत्काल नयाँ विज्ञापन गर्ने ।

    ६. त्रि.वि.मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका केन्द्रीय विभागहरुमा विद्यार्थीको आवश्यकता र विषयगत संरचनाका आधारमा बिहानी र दिउँसो कक्षा संचालन गर्न यही शैक्षिक सत्रबाट अनिवार्य लागू गर्ने ।

    ७. त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको सम्बन्धमा छानविनका लागि गठित प्रा.डा. चन्द्रमणि पौडेल नेतृत्वको कमिटीले त्रिभुवन विश्वविद्यालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक गरी सो प्रतिवेदनका आधारमा दोषी ठहऱ्याई सिफारिश गरेका व्यक्ति उपर कारवाही प्रक्रिया यथाशिघ्र अगाडि बढाउने साथै परीक्षा सम्बन्धी कार्यहरु सेवाग्राही मैत्री बनाउने ।

    ८. विद्यार्थीहरुलाई पढ्दै कमाउँदै गर्ने कार्यका लागि निर्देशिका तयार गरी अनुसन्धान केन्द्रहरुसँग विद्यार्थीहरुलाई प्रत्यक्ष जोड्ने व्यवस्था गर्नुका साथै केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुलाई अनिवार्य इन्टर्नसिपको व्यवस्था गर्न आगामी आर्थिक वर्षदेखि सञ्चालनमा आउने गरी नेपाल सरकारसँग सहकार्य अगाडि बढाइने छ ।

    ९. त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयमा संयुक्त विद्यार्थी संगठनद्वारा गरिएको धर्ना कार्यक्रम आज मिति २०८१ पुस २२ गते अन्त्य गर्ने सहमति गरियो ।

    images
    बुधवार, पौष २४ २०८१०७:४८:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार