Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षामन्त्रीले भननिन्: कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौ।

शिक्षामन्त्रीले भननिन्: कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौ।

  • 617
    SHARES

  • शिक्षामन्त्रीले भननिन्: कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौ।

    पुस, २५ गते/ काठमाडौं । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने बताएकी छन। बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० को परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने बताएकि हुन् ।

    राष्ट्रिय परीक्षा बोर्ड पनि एउटा मात्र राखिने उनको भनाइ छ । हाल १० र १२ को परीक्षा छुट्टाछुट्टै हुँदै आएको छ। ‘राष्ट्रिय परीक्षा बोर्ड एउटै हुनुपर्छ । १२ सम्मको परीक्षा एउटैले लिनु पर्छ’, उनले भनिन् । मन्त्री भट्टराईले नतिजा सुधारको लागि पनि कार्यदल बनाएर काम गरिरहेको मन्त्री भट्टराईले बताइन् ।

    अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन कार्यान्वयनमा अगाडि बढेको छ । ‘कक्षा ९ र ११ मा रजिस्ट्रेशन शुल्क नलिने निर्णय भएको छ । अब ९ मा मात्र रजिस्ट्रेशन फारम भरे हुन्छ । आगामी वर्षदेखि रजिस्ट्रेशन शुल्क लाग्दैन । विद्यार्थीबाट राजश्व उठाउने होइन’, मन्त्री भट्टराईले भनिन्, ‘विद्यार्थीबाट विलम्ब शुल्क पनि नलिने निर्णय गरेको छ ।’

    images
    बिहिवार, पौष २५ २०८१०१:०५:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार